भरतपुर अस्पतालमा दुई सङ्क्रमितको मृत्यु « Khabarhub

भरतपुर अस्पतालमा दुई सङ्क्रमितको मृत्यु


१७ बैशाख २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– भरतपुर अस्पतालमा उपचाररत दुई कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–२५ का ४८ वर्षीय र देवचुली नगरपालिका–१६ का ४७ वर्षीय पुरुष रहेका छन् ।

अस्पतालका अनुसार भरतपुरका पुरुष मिर्गौलामा समस्या भई यही वैशाख १२ गते अस्पताल भर्ना भएका थिए । उनमा १३ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

कोरोना सङ्क्रमण पुष्टि भएसँगै अस्पतालको कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा उनको आज बिहान मृत्यु भएको हो ।

यस्तै नवलपारसीको देवचुलीका पुरुषको पनि आजै मृत्यु भएको छ । बाटोमा हिँड्दा लडी घाइते भएर उपचारका लागि वैशाख १२ गते अस्पताल आएका उनमा १३ गते कोरोना पुष्टि भएको थियो ।

कोरोना पुष्टि भएसँगै उनको कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा आज बिहान ७ : ३० बजे मृत्यु भएको हो । – रासस

प्रकाशित मिति : १७ बैशाख २०७८, शुक्रबार  २ : ५२ बजे

शपथको अन्योलबीच पोखरामा पुस्तक बेच्दै महावीर : भन्छन्- “मेयर साहब, गाह्रो नमानी दिनुहोला”

पोखरा– गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा म्याग्दीबाट भारी

काठमाडौँमा बहुगन्तव्य शैक्षिक मेला हुने

काठमाडौँ– उच्च शिक्षाका लागि विदेश जान चाहने विद्यार्थीलाई लक्षित गर्दै

नीम र तेलको महिमा: के छ यसको शास्त्रीय र वैज्ञानिक महत्त्व?

काठमाडौँ – आज चैत ५ गते, शरीरमा तेल लगाउने र

तीन जिल्लाका बिरामीलाई सेवा दिँदै एक स्थानीय अस्पताल

दाङ– दाङको राप्ती गाउँपालिकाद्वारा सञ्चालित राप्ती आधारभूत अस्पतालबाट तीन जिल्लाका

इरानलाई साउदीको चेतावनी- ‘खाडी क्षेत्रको धैर्यताको बाँध टुट्न सक्छ’

रियाद– साउदी अरबका विदेशमन्त्री राजकुमार फैसल बिन फरहान अल साउदले