सरकारविरुद्ध अविश्वासको प्रस्तावमा बहुमत पुग्ने अवस्था छैन : सभापति देउवा | Khabarhub Khabarhub

सरकारविरुद्ध अविश्वासको प्रस्तावमा बहुमत पुग्ने अवस्था छैन : सभापति देउवा


१७ बैशाख २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारविरुद्ध अविश्वासको प्रस्तावमा बहुमत पुग्ने अवस्था नरहेको बताएका छन् ।

कोरोना महामारीका विषयमा सरकारले गरेको काम र त्यसका बारेका कांग्रेसको धारणा सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सभापति देउवाले अहिलेसम्म अविश्वास प्रस्तावको पक्षमा बहुमत नपुगको बताए ।

उनले भने,‘ अहिले नै अविश्वासको प्रस्तावमा बहुमत पुग्ने अवस्था आइसकेको छैन । बहुमत त पुग्नुपर्‍यो नि ?’

अविश्वासको प्रस्तावका बारेमा जनता समाजवादी पार्टी लगायतका दलहरुसँग छलफल भइरहेको बताएपनि सभापति देउवाले छलफलको प्रगतिका बारेमा भने खुलाएनन् । उनले भने, ‘छलफल भइरहेको छ, के के कुरा भइरहेको भन्नेबारे त सबै कहाँ भन्छु, पछि निश्चित भएपछि भनौंला, तपाईँहरू सबैलाई बोलाएरै भनौँला नि !’

प्रकाशित मिति : १७ बैशाख २०७८, शुक्रबार  ४ : ०३ बजे

कोशीमा नयाँ सरकार गठनको आह्वान

काठमाडौं – कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले नयाँ सरकार

सबैखाले विपद्बाट क्षति भएका घरको पुनःनिर्माण गर्न सरकारले अनुदान दिने

ललितपुर – अबदेखि सबैखाले विपद्बाट क्षति भएका घरको पुनःनिर्माणका लागि

महाकाली नदीको टापुमा ट्र्याक्टरसहित थुनिए मजदुर

कञ्चनपुर – कञ्चनपुरको महाकाली नदीमा नदीको बहाव बढेपछि नदीजन्य पदार्थ

राति मेघगर्जन, चट्याङ्ग र हावाहुरी सहित वर्षाको सम्भावना

काठमाडौं – हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको

लेखन कुञ्जद्वारा समाजसेवी महिलालाई सम्मान

काठमाडौं- मातातीर्थ औँसी २०८१ का अवसरमा लेखन कुञ्जले समाजसेवी महिलालाई