सरकारको एक्लो प्रयासले मात्रै कोरोनाविरुद्ध लड्न मुस्किल : उपप्रधानमन्त्री पोखरेल « Khabarhub

सरकारको एक्लो प्रयासले मात्रै कोरोनाविरुद्ध लड्न मुस्किल : उपप्रधानमन्त्री पोखरेल


१७ बैशाख २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– उपप्रधानमन्त्री ईश्वर पोखरेलले सरकार र जनताबीच हातेमालो गरेर कोरोनाविरुद्धको लडाईं सफल पार्नुपर्ने बताएका छन् ।

कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका संयोजकसमेत रहेका उपप्रधानमन्त्री पोखरेलले सिंहदरबारमा संचारकर्मीसँग संवाद गर्दै सरकारको एकल प्रयासले मात्र कोरोनाविरुद्धको लडाईं सफल नहुने भएकाले सरकार र नागरिकबीच हातेमालोको जरुरी रहेको बताए । ‘म नागरिकहरुलाई अपिल गर्न चाहन्छु, सिंगो मानव समुदाय अहिले कोरोनाविरुद्ध लडिरेको छ । त्यसैले यो हामी सबैको साझा समस्या हो, यसलाई समाधान गर्न सरकार र नागरिक हातेमालो गरेर अगाडि बढ्नुपर्छ । हामी आफै जवाफदेही र जबाफदेही भएर अगाडि बढ्न जरुरी छ’– उनले भने ।

सरकारले वैशाख १३ गतेको मन्त्रिपरिषद्को निर्णयबाट नयाँ भेरियन्टसहितको कोभिड– १९ महामारीको दोस्रो लहर रोकथाम तथा नियन्त्रण सम्बन्धी आदेश २०७८ जारी गरेको जानकारी दिँदै उनलेराज्यका तर्फबाट अभिभावकीय भूमिका र जिम्मेवारी सोचेर यो निर्णय गरिएको बताए । ‘कोभिडको जुन लहर छ यसलाई फैलन नदिने मुख्य कुरा हो । यसलाई राज्यको मात्र काम हो भनेर चित्रित गरिनुहुन्न,’ उपप्रधानमन्त्री पोखरेलले भने– ‘आम नागरिकको स्वास्थ्य र जीवन रक्षाका लागि आवश्यक सम्पूर्ण प्रबन्ध गरेका छौं । जनता पनि हाम्रो आफ्नै जीवनका लागि हो भनेर सचेत हुन जरुरी छ । जनताको साथ र सहयोग भएन भने यो गम्भीर समस्या समाधान गर्न कठिन छ ।’

उपप्रधानमन्त्री पोखरेलले संकटमा परेकालाई सरकारले अस्पताल र उपचारका लागि चाहिने सामाग्री लगायत सम्पूर्ण प्रबन्ध गरेको जानकारी दिए । यसअघि स्थापित कोरोना विशेष अस्पताललाई थप व्यवस्थित बनाउने काम भइरहेको उनले बताए ।

१८ लाख भन्दा बढीलाई कोरोनाको खोप लगाइसकेको जानकारी दिँदै उनले खोप खरिदका लागि स्वास्थ्य मन्त्रालयले प्रक्रिया अगाडि बढाइसकेको बताए ।

प्रकाशित मिति : १७ बैशाख २०७८, शुक्रबार  ९ : ४५ बजे

पशुपति क्षेत्रमा गरियो पाँचौँ हप्ताको सफाइ

काठमाडौं – आराध्यदेव भगवान् श्री पशुपतिनाथ विराजमान भएका पशुपति क्षेत्रमा

नयाँपुल-घान्द्रुक सडक अवरुद्ध, सिक्लेस तीन दिनपछि खुल्यो

कास्की – केही दिनयताको अविरल वर्षाका कारण कास्कीका दुई प्रमुख

नेपालमा तय तिब्बतसँग सम्बन्धित अन्तर्राष्ट्रिय कार्यक्रम अब अनलाइन माध्यमबाट हुने

काठमाडौं– नेपालमा आयोजना गर्न लागिएको तिब्बतसँग सम्बन्धित अन्तर्राष्ट्रिय कार्यक्रम अब

‘कांग्रेसले जिम्मेवार र परिपक्व भूमिका निर्वाह गर्छ’

जनकपुरधाम- नेपाली कांग्रेसका नेता तथा पूर्वउपप्रधानमन्त्री विमलेन्द्र निधिले वर्तमान राजनीतिक