उपनिर्वाचनका लागि मतदानस्थल र मतदान केन्द्र तोकियो « Khabarhub

उपनिर्वाचनका लागि मतदानस्थल र मतदान केन्द्र तोकियो


१७ बैशाख २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– वाग्मती प्रदेशको रिक्त राष्ट्रियसभा सदस्य उपनिर्वाचनका लागि मतदान केन्द्र तोकिएको छ ।

निर्वाचन आयोगले आगामी जेठ ६ गते हुने निर्वाचनका लागि राष्ट्रियसभा सदस्य निर्वाचन नियमावली, २०७६ को नियम २३ को उपनियम (३) बमोजिम मतदानकेन्द्र तोकेको हो ।

मकवानपुर, हेटौंडा उपमहानगरपालिका –४ स्थित भुटनदेवी माविलाई मतदानस्थल तोकिएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए । मतदानस्थलमा प्रदेशसभा सदस्य ११० जनाका लागि केन्द्र (क) र गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख, उपप्रमुख २३८ जनाका लागि केन्द्र (ख) गरी छुट्टाछुट्टै मतदानकेन्द्र तोकिएको उनले जानकारी दिए ।

आयोगले निर्वाचन अधिकृत, प्रदेश निर्वाचन अधिकारी र कम्प्युटर अपरेटरका लागि राष्ट्रियसभा सदस्य निर्वाचन सञ्चालन तथा व्यवस्थापनसम्बन्धी आजै अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको जनाइएको छ ।

प्रकाशित मिति : १७ बैशाख २०७८, शुक्रबार  ९ : ३० बजे

भोटेकोसी बाढी प्रभावितको लागि एनसेल फाउन्डेसनद्वारा १ करोड सहयोग

काठमाडौं– हिजो बुधबार रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावितहरूको

नुवाकोटमा विद्युत् पुनः आपूर्ति

काठमाडौं– भोटेकोशीको बाढीबाट अवरुद्ध विद्युत् आपूर्ति सेवा पुनः सञ्चालन भएको छ

बाढी प्रभावित क्षेत्रमा १० ट्रक राहत सामग्री परिचालन

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोटेकोशी बाढी

तिब्बतमा बाढीपछि ५५८ जना बेपत्ता

एजेन्सी– चीन–नेपाल सीमामा पर्ने तिब्बतमा भारी वर्षापछि आएको बाढी र

नारायणी नदीबाट हालसम्म ६७ वटा शव संकलन

काठमाडौं– रसुवास्थित भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढीपछि नारायणी नदीबाट