महोत्तरीको मालपोत र नापी कार्यालय अनिश्चित कालका लागि बन्द | Khabarhub Khabarhub

महोत्तरीको मालपोत र नापी कार्यालय अनिश्चित कालका लागि बन्द


१७ बैशाख २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जलेश्वर– महोत्तरीका भूमिसुधार तथा मालपोत कार्यालय र नापी कार्यालय आजदेखि अनिश्चित कालका लागि बन्द गरिएका छन् ।

कोरोना महामारीको दोस्रो लहरबाट गुज्रिरहेको अवस्थामा महोत्तरीमा पनि कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गइरहेको अवस्था मध्यनजर गर्दै बढी सेवाग्राहीको भीडभाड हुने मालपोत र नापी कार्यालय आजदेखि अनिश्चितकालका लागि बन्द गरिएको हो ।

दुवै कार्यालयले सार्वजनिक सूचना प्रकाशन गरेर आइतबारदेखि दुवै कार्यालयमा अदालती तथा आन्तरिक कामकाज मात्रै हुने र त्यसबाहेक सर्वसाधारण सेवाग्राहीको कुनै पनि कामकाज नहुने जानकारी गराएको छ ।

यी दुवै कार्यालयमा दैनिक पाँच हजार बढी सेवाग्राहीको भीडभाड हुने गरेको र त्यहाँ कोरोना सङ्क्रमण फैलन सक्ने सम्भावना बढी भएकाले कार्यालय आजदेखि अर्को सूचना जारी नहुञ्जेलसम्मका लागि बन्द रहने जनाइएको छ ।

प्रकाशित मिति : १७ बैशाख २०७८, शुक्रबार  ९ : १५ बजे

सगरमाथामा क्षेत्रमा जलवायु परिवर्तनका अस्वाभाविक असर देखिँदै

सोलुखुम्बु – विश्वव्यापी तापक्रमको उच्च वृद्धिसँगै सगरमाथासहितका हिमालहरु चपेटामा पर्दै

हावाहुरीका कारण हवाई उडान प्रभावित

काठमाडौंं – सोमबार साँझ चलेको हावाहुरीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट

इङ्ल्यान्ड ‘सि’सँग नेपाल पराजित

काठमाडौं – मैत्रीपूर्ण फुटबलमा नेपाल इङ्ल्यान्ड ‘सि’सँँग पराजित भएको छ

मोरङको पाथिभरा माता मन्दिरमा लाखबत्ती प्रज्वलन

मोरङ – पाथिभरा माता मन्दिरमा लाख बत्ती बालेर दिप प्रज्वलन

विज्ञहरु भन्छन्– डढेलो नियन्त्रण गर्न प्रभावकारी समन्वय जरुरी

काठमाडौं – डढेलो नियन्त्रण गर्न सरोकारवाला निकायबीच प्रभावकारी समन्वय र