महोत्तरीको मालपोत र नापी कार्यालय अनिश्चित कालका लागि बन्द « Khabarhub

महोत्तरीको मालपोत र नापी कार्यालय अनिश्चित कालका लागि बन्द


१७ बैशाख २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जलेश्वर– महोत्तरीका भूमिसुधार तथा मालपोत कार्यालय र नापी कार्यालय आजदेखि अनिश्चित कालका लागि बन्द गरिएका छन् ।

कोरोना महामारीको दोस्रो लहरबाट गुज्रिरहेको अवस्थामा महोत्तरीमा पनि कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गइरहेको अवस्था मध्यनजर गर्दै बढी सेवाग्राहीको भीडभाड हुने मालपोत र नापी कार्यालय आजदेखि अनिश्चितकालका लागि बन्द गरिएको हो ।

दुवै कार्यालयले सार्वजनिक सूचना प्रकाशन गरेर आइतबारदेखि दुवै कार्यालयमा अदालती तथा आन्तरिक कामकाज मात्रै हुने र त्यसबाहेक सर्वसाधारण सेवाग्राहीको कुनै पनि कामकाज नहुने जानकारी गराएको छ ।

यी दुवै कार्यालयमा दैनिक पाँच हजार बढी सेवाग्राहीको भीडभाड हुने गरेको र त्यहाँ कोरोना सङ्क्रमण फैलन सक्ने सम्भावना बढी भएकाले कार्यालय आजदेखि अर्को सूचना जारी नहुञ्जेलसम्मका लागि बन्द रहने जनाइएको छ ।

प्रकाशित मिति : १७ बैशाख २०७८, शुक्रबार  ९ : १५ बजे

अन्तिम मिनेटमा एभर्टनको कमब्याक, युनाइटेडसँग २–२ को बराबरी

काठमाडाैं – एन्स्ले मैटल्यान्ड नाइल्सले इन्जुरी समयको छैटौँ मिनेटमा उत्कृष्ट

पहिरोले ३२ खम्बा ढलेपछि बाजुरामा विद्युत् आपूर्ति बन्द

बाजुरा – गएरातिको पहिरोले ३२ वटा खम्बा ढालेपछि बाजुरामा राष्ट्रिय

भोटेकोशी बाढी : वीर अस्पतालमा उपचाररत १७ जना डिस्चार्ज

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा भदौ १० गते बुधबार बिहान

नेपाल भलिबल लिग : कर्णाली र अन्नपूर्ण विजयी

काठमाडौं – नेपाल भलिबल लिग (एनभिएल) २०२६ अन्तर्गत आज सम्पन्न

बाढीको मौका छोपेर कैदीले गरेका थिए सुरक्षाकर्मीमाथि आक्रमण

काठमाडौं – भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीका कारण