विश्व रेकर्ड राख्न कालापत्थरमा नेपग्याजमको कमेडी शो « Khabarhub

विश्व रेकर्ड राख्न कालापत्थरमा नेपग्याजमको कमेडी शो


१७ बैशाख २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्टेण्डअप कमेडीयनको समूह ‘नेपग्याजम कमेडी’ले ‘प्रदूषणरहित समाजको परिकल्पना, हर अनुहारमा मुस्कान नेपग्याजमको चाहना’ भन्ने नारासहित सगरमाथाको कालापत्थरमा स्टेण्डअप कमेडी’ गर्ने भएको छ ।

नेपग्याजम मिडिया एण्ड प्रोडक्सनको आयोजनामा यही वैशाख २० गते हुने यो शोको लक्ष्य विश्व कीर्तिमान कायम गर्ने पनि रहेको छ ।

सर्वाधिक उचाईमा गरिन लागिएको यो कमेडी शोले नेपाल र यहाँको स्ट्याण्डअप कमेडीलाई विश्वसामु चिनाउने नेपग्याजमका संस्थापक निर्देशक ज्ञानेन्द्रराज मिश्रको दाबी छ ।

उनका अनुसार दुई वर्ष अघि नै शो गर्ने योजना बनाए पनि विश्वव्यापी कोभिड महामारीका कारण आयोजना हुन सकेको थिएन ।

एकघण्टाका मात्र सञ्चालन हुने शोमा नेपग्याजमका संस्थापक कलाकारद्वय उमेशकुमार गौतम (यूकेजी) र लेखमणी त्रिताल (रमेश अंकलको छोरो) ले ३०–३० मिनेट प्रस्तुति दिनेछन् । उनीहरुले स्वस्थ र मनोरञ्जनात्मक सामग्री समेटिएको कमेडी प्रस्तुत गर्नेछन् ।

यूकेजीका अनुसार शोमा सामाजिक परिवेश, मान्छेको जीवनशैली, सामाजिक सचेतना र अहिलेको युवापुस्तालाई समेटिने विषयवस्तूहरु प्रस्तूत हुनेछन् । कार्यक्रममका लागि नेपग्याजमको ८ जनाको टोली सिम्रिक एयरको हेलिकप्टरमार्फत कालापत्थर जाँदैछन् ।

आयोजकले ‘हाइएष्ट अल्टिच्युड स्ट्याण्ड अप कमेडी शो गिग अन ल्याण्ड’ शीर्षकमा रेकर्ड राख्नका लागि यो शो आयोजना गर्न लागिएको हो । शोलाई अष्ट्रेलियास्थित अल्टिमेट इन्स्टिच्यूट अफ अष्ट्रेलिया तथा निन्जाको मुख्य प्रायोजन रहेको छ भने इन्स्योरेन्स पार्टनर सूर्या लाईफ छ ।

शोको हेलिकप्टर पार्टनर सिम्रिक एयर र सह–प्रायोजन जगदम्बा मोटर्स टिभिएस र एमएन टिभी अष्ट्रेलिया रहेका छन् ।

२५ अप्रिल सन् २०१९ मा यही विधामा इटालीयन नागरिक पाउलो फ्रानसेस्चिनीले सगरमाथाको आधार शिविर ५ हजार २ सय ७० मिटरको उचाईमा स्ट्याण्डअप कमेडी गरेर गिनिज बुक अफ दी वर्ल्ड रेकर्ड बनाएका थिए ।

नेपग्याजमले भने पाउलोको यो रेकर्ड तोड्न ५ हजार ६ सय ४३ मिटरको उचाईमा स्ट्याण्डअप कमेडी गर्न लागेको हो । जसका लागि गिनिज बुक अफ दी वल्र्ड रेकर्डबाट अनुमति लिइसकेको छ ।

प्रकाशित मिति : १७ बैशाख २०७८, शुक्रबार  ७ : ५० बजे

चीन-उत्तर कोरिया सम्बन्धमा नयाँ मोड

एजेन्सी– चीनका राष्ट्रपति सी जिनपिङ सात वर्षपछि पहिलोपटक उत्तर कोरियाको

उदयपुर सिमेन्ट उद्योग आर्थिक संकटमा, सामान्य प्याकिङ गर्ने बोरा पनि किन्न सकेन

काठमाडौं– राज्यको स्वामित्वमा रहेको उदयपुर सिमेन्ट उद्योग चरम आर्थिक संकटमा

लुम्बिनी प्रहरीद्वारा ४३ लाख मूल्य बढीका सामान बरामद

सिद्धार्थनगर– लुम्बिनी प्रदेश प्रहरी कार्यालयले प्रदेशभरि शान्तिसुरक्षा सुदृढ गर्दै चोरी,

महेन्द्र राजमार्गको अतिक्रमित जमिन खाली गर्न आग्रह

महेन्द्रनगर– यहाँस्थित स्वीकृति विना अस्थायी-स्थायी घरटहरा निर्माण गर्नेलाई सार्वजनिक जग्गा

लुम्बिनी सरकारका नवनियुक्त मन्त्रीले लिए शपथ

लुम्बिनी– लुम्बिनी प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरसमक्ष प्रदेश सरकारका नवनियुक्त पाँच