भारतीय टेलिभिजन आजतकका पत्रकार रोहित सरदानाको कोरोना संक्रमणबाट निधन « Khabarhub

भारतीय टेलिभिजन आजतकका पत्रकार रोहित सरदानाको कोरोना संक्रमणबाट निधन


१७ बैशाख २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली– भारतका एकजना चर्चित सञ्चारकर्मी रोहित सरदानाको कोरोना भाइरसको संक्रमणका कारण निधन भएको छ । सरदनामा १० दिनअघि कोरोना संक्रमण पुष्टि भएको थियो ।

उनलाई कोरोना देखिएपछि भेन्टिलेटरमा राखेर उपचार थालिएको थियो । उनी टेलिभिजन च्यानल आजतकमा कार्यरत थिए । उनको उपचारकै क्रममा आज हृदयघात भएर निधन भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

सरदानाको निधनको खबरपछि यतिबेला भारतीय पत्रकारिता गहिरो शोकमा डुबेको छ । शुक्रबार कोभिड-१९ संक्रमणले निधन भएका सरदानाप्रति राष्ट्रपति, प्रधानमन्त्रीदेखि पत्रकारिता क्षेत्रका व्यक्तिहरु, बलिउड र सर्वसाधारणले दुःख व्यक्त गरेका छन् ।

आजतक टेलिभिजनकी कार्यकारी सम्पादक अञ्जना ओम कश्यपले सहकर्मीको मृत्युको समाचार पढ्दा आफूलाई सम्हाल्न सकिनन् ।

यस्तो छ भिडियो

न्यूजरुममा वर्षौं बिताएको, हाँसखेल गरेको र थुप्रै न्यूजहरु स्कुप हानेको लगायतका स्मरण गर्दै कश्यपले आफ्नै सहकर्मी रोहित सरदानाप्रति श्रद्धासुमन व्यक्त गरेकी छिन् ।

यसैगरी उनको निधनलाई लिएर जी-न्यूज प्रधानसम्पादक सुधीर चौधरीले लेखेका छन्, ‘थोरै पहिले मलाई हाम्रा क्राइम रिपोर्टरको फोन आयो । उसले भनेको कुरा सुन्दा मेरो हात काँप्यो । हाम्रा मित्र तथा सहयोगी रोहित सरदानाको मृत्यु थियो । यो भाइरसले हामी नजिकको कसैलाई उठाएर लैजान्छ भन्ने कुरा कल्पना बाहिरको थियो । यसका लागि म तयार थिइँन । भगवानको यो अन्याय थियो । ओम शान्ति ।’

४१ वर्षीय पत्रकार सरदानालाई कुम्भ मेलामा रिपोर्टिङमा जाँदा कोरोना संक्रमण भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

प्रकाशित मिति : १७ बैशाख २०७८, शुक्रबार  ७ : ०९ बजे

ललितपुर महानगरको हिउँदे नगरसभा सम्पन्न : अपेक्षा अनुसार पुँजीगत खर्च भएन

ललितपुर– ललितपुर महानगरको आठौं नगरसभा (हिउँदे नगरसभा ) सम्पन्न भएको छ

ईयू–मर्कोसुरबीच ऐतिहासिक स्वतन्त्र व्यापार सम्झौता

असुन्सिओन- युरोपेली सङ्घ (ईयू) र दक्षिण अमेरिकी राष्ट्रहरूको मर्कोसुर ब्लकले

प्रधानमन्त्री र निर्वाचन आयोगका पदाधिकारीबीच छलफल

काठमाडौं– आसन्न प्रतिनिधिसभा सदस्यमा प्रत्यक्षतर्फको उम्मेदवारको मनोनयन गर्ने दिन नजिकिँदै

ओली र बालेन्द्रसँग भिड्न धरानदेखि दमकसम्म खाली खुट्टै पैदलयात्रामा श्रमका समिर

धरान- हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीबाट झापा क्षेत्र नम्बर

सिजीले सार्वजनिक गर्‍यो आइसिसी टी–२० वर्ल्डकप प्रत्यक्ष हेर्ने दोस्रो चरणका विजेता

काठमाडौं– इलेक्ट्रोनिक्स ब्रान्ड सिजीले ‘सिजीको साथमा, वर्ल्डकप टिकट हातमा’ ‘#लेभलअप!उइथसीजी’  योजना