धौलागिरिमा भेटिएका मानव अवशेष हेलिकोप्टरको यात्रु नभएको पुष्टि « Khabarhub

धौलागिरिमा भेटिएका मानव अवशेष हेलिकोप्टरको यात्रु नभएको पुष्टि


१७ बैशाख २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– धौलागिरि हिमालको आधार शिविरमा भेटिएका दुई मानव अवशेष १५ वर्ष अघि दुर्घटनामा परेको हेलिकोप्टरका यात्रु नभएको पुष्टि भएको छ ।

नेपाली सेनाको हिमाल सफाइ अभियानको टोलीले धौलागिरि आधार शिविरमा बिहीबार दुर्घटनामा परेको हेलिकोप्टर र दुई मानव अवशेष फेला पारेको थियो ।

सन् २००६ सेप्टेम्बर ३ मा बिरामी लिन धौलागिरि आधार शिविर पुगेको एयर डाइनेस्टी हेली सर्भिसको हेलिकोप्टर मौसम खराबीका कारण आकस्मिक अवतरणका क्रममा दुर्घटनामा परेको थियो ।

कम्पनीका प्रबन्ध निर्देशक पवित्र कुमार कार्कीका अनुसार उक्त हेलिकोप्टर दुर्घटनामा परेपनि कुनै पनि मानविय क्षति भने भएन ।

फोर्स ल्याण्डिङका क्रममा दुर्घटनामा परेको उक्त हेलिकोप्टरका पाइलट भने सुरक्षित बाहिर निस्केका थिए । उनलाई काठमाडौँबाट गएको अर्को हेलिकोप्टरले उद्धार गरेको थियो ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले राखेको तथ्यांकअनुसार सो दिन भएको दुर्घटनामा मानवीय क्षति शून्य र एक जनाको उद्धार भएको देखिन्छ ।

सोही हेलिकोप्टरको भग्नावशेष नै सेनाको सफाइ अभियान टोलीले फेला परेको हो । यद्यपि, दुर्घटनास्थल नजिकै भेटिएका मानव अवशेषको हेलिकोप्टरसँग कुनै सम्बन्ध नरहेको पुष्टि भएको छ ।

सेनाका अनुसार मानव अवशेष भेटिएको स्थानबाट १२ सय मिटरको फरकमा हेलिकोप्टरको अवशेष भेटिएको हो । ती शवहरु हिमाल आरोहणका दौरान दुर्घटनामा परेका आरोहीको हुन सक्ने कम्पनीका प्रबन्ध निर्देशक कार्कीले बताए । सेनाले समेत मृतकको पहिचान नभएको जनाएको छ ।

प्रकाशित मिति : १७ बैशाख २०७८, शुक्रबार  ८ : ०० बजे

भारतले दोस्रो चरणमा पठायो ३७.६ टन राहत सामग्री 

काठमाडौं– भारत सरकारले रसुवाका बाढीपीडितका लागि दोस्रो चरणको मानवीय सहायता

विपत्तिमा राष्ट्रिय एकताको खाँचो छ : प्रचण्ड

काठमाडौँ– नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्डले विपत्तिका

बाढी प्रभावितका लागि अमेरिकाद्वारा पाँच लाख डलर सहयोग

काठमाडौँ– अमेरिकाले नेपालको रसुवामा आएको आकस्मिक बाढीका कारण भएको धनजनको

सरकारले भन्यो- जथाभाबी हेलिकप्टर नउडाउनू

काठमाडौं– सरकारले बाढी पहिरो प्रभावित क्षेत्रमा जथाभाबी हेलिकप्टर नकुदाउन निर्देशन

भोटेकोशी बाढी : खोज, उद्धारका लागि १५ सय बढी सशस्त्र प्रहरी परिचालन

काठमाडौं– रसुवाको भोटेकोशी हुँदै त्रिशूली र नारायणी नदीमा आएको बाढीबाट