झापामा आइतबार रातिबाट एक साताका लागि निषेधाज्ञा « Khabarhub

झापामा आइतबार रातिबाट एक साताका लागि निषेधाज्ञा


१७ बैशाख २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कोरोना भाइरसको बढ्दो संक्रमण दर रोकथाम तथा नियन्त्रणका लागि झापामा आइतबार रातिबाट लागू हुने गरी एक साताका लागि निषेधाज्ञा गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय झापाले बैशाख १९ गते मध्यरातिदेखि लागू हुने गरी २६ गते मध्यरातिसम्मका लागि निषेधाज्ञा लागू हुने जनाएको हो ।

यस अवधिमा सबै प्रकारका हाट, बजार, मेला, महोत्सव, जात्रा जस्ता कार्यक्रम सञ्चालन गर्न पाइने छैन । यस्तै शैलुन, व्युटीपार्लर, जिमखाना लगायतका बढि मानिस जम्मा हुने व्यवसाय गर्न पनि निषेध गरिएको छ ।

निषेधाज्ञा अवधिभर सरकारी कार्यालय, बैंक, सहकारी तथा वित्तिय संस्थाहरुलाई आलोपालो प्रणालीबाट सेवा दिन वा अत्यावश्यक सेवा मात्र प्रवाह गर्न पनि प्रशासन आग्रह गरेको छ ।

सवारी साधनमा जोर विजोर

जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा अवधिभर सवारी साधनहरुलाई जोर–बिजोर प्रणालीबाट सञ्चालन गर्न भनिएको छ ।

जोर गते जोर नम्बर र बिजोर गने बिजोर नम्बरका सवारी साधन मात्र चलाउन प्रशासनले आग्रह गरेको छ । अत्यावश्यकीय सवारी साधनहरु सञ्चालनमा भने रोक लगाइएको छैन ।

यस्तै विवाह, ब्रतबन्ध जस्ता सामाजिक कार्यहरुमा २५ जना मात्र सहभागी हुन पाइने भएको छ भने अत्यावश्यकीय बाहेकका अन्य पसल बिहान ६ बजे देखि ११ बजे सम्म मात्र खुल्ला हुने प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाद्वारा जारी आदेशमा उल्लेख छ ।

झापामा पछिल्लो २४ घण्टामा ७७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

यस्तो छ जिल्ला प्रशासनद्वारा जारी आदेश

 

प्रकाशित मिति : १७ बैशाख २०७८, शुक्रबार  ७ : ४३ बजे

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा विद्युत् जडान, रसुवामा ८३ र नुवाकोटमा ९५ प्रतिशत सेवा सञ्चालन

काठमाडौँ – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण अवरुद्ध

भोटेकोशी बाढीः लुम्बिनीका २४८ जना अझै सम्पर्कविहीन

कपिलवस्तु – रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते आएको

भदौ २४ को विध्वंसमा संलग्नलाई कारबाही नभएसम्म आवाज उठाइरहन्छु : एमाले सचिव बस्नेत

काठमाडौँ – नेकपा (एमाले)का सचिव महेश बस्नेतले गत वर्ष भदौ

अब किम्रुङखोलाको जोखिम छैन : वडाध्यक्ष गुरुङ

कास्की – कास्कीको अन्नपूर्ण गाउँपालिका–११ मा मोदी खोलाको सहायक किम्रुङखोलाको

‘आगोले संरचना जलाए पनि इतिहास र विरासत ढाल्न सक्दैन’ : वसन्त चौधरी

काठमाडौँ – प्रसिद्ध उद्योगी एवं साहित्यकार वसन्त चौधरीले गत वर्ष