प्रधानमन्त्रीविरुद्धको अविश्वास प्रस्तावको पक्षमा जसपाका ‘बहुमत सांसद’ « Khabarhub

प्रधानमन्त्रीविरुद्धको अविश्वास प्रस्तावको पक्षमा जसपाका ‘बहुमत सांसद’


१७ बैशाख २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जनता समाजवादी पार्टी (जसपा) का ‘बहुमत सांसद’ले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध ल्याइने अविश्वास प्रस्तावको पक्षमा उभिने निर्णय गरेका छन् ।

वैशाख १४ गते बसेको केन्द्रीय कार्यकारिणी समिति बैठकमा बहुमत सदस्यले लुम्बिनीमा मन्त्री बनेका ४ जना प्रदेश सांसदलाई कारबाही र प्रधानमन्त्री ओलीविरुद्धको अविश्वास प्रस्तावको पक्षमा उभिने निर्णय गरेको एक नेताले बताए ।

त्यस्तै जसपामा हाल कायम रहेका ३२ सांसदमध्ये १८ जना सांसदले प्रधानमन्त्री ओलीविरुद्धको अविश्वास प्रस्तावमा हस्ताक्षर गरेको उनले बताए ।

अध्यक्ष उपेन्द्र यादव पक्षले बिहीबार गरेको निर्णयका आधारमा लुम्बिनी प्रदेशसभा सचिवालयले सन्तोषकुमार पाण्डेय, विजयकुमार यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डेलाई सांसदबाट पदमुक्त गरेपछि जसपामा फेरि विवाद चुलिएको छ ।

अध्यक्ष महन्थ ठाकुर पक्षले भने लुम्बिनी प्रदेशसभाका सदस्यहरूलाई पार्टीले कुनै कारबाही नगरेको बताएको छ ।

सत्तासमीकरण तथा लुम्बिनी प्रदेशसभाको घटनालाई लिएर जसपा फुटको संघारमा पुगेको हो । पछिल्लो केही दिन यता पूर्व राजपा र संघीय समाजवादी पार्टीले समानान्तर गतिविधि सहित निर्णय गर्न समेत थालेका छन् ।

यसअघि जसपाका नेताहरुबीच केन्द्रीय कार्यकारिणी समिति बैठक बोलाउने विषयमा नै विवाद भएको थियो ।

संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई र केन्द्रीय कार्यसमिति अध्यक्ष यादव पक्षले बैठक बोलाउन माग गरे पनि अध्यक्ष ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोले अस्वीकार गरेका थिए ।

अध्यक्ष ठाकुर र महतो पक्षले कार्यकारिणी समितिको बैठक बोलाउन तयार नभएपछि बहुमत जुटाएर डा. भट्टराई र अध्यक्ष यादव पक्षको बैठक बसेको थियो ।

यसैबीच अध्यक्ष यादव पक्षले चार सांसदलाई पदमुक्त गर्ने निर्णयको विरुद्ध अर्का अध्यक्ष ठाकुर आज निर्वाचन आयोग पुगेका थिए ।

प्रकाशित मिति : १७ बैशाख २०७८, शुक्रबार  ८ : २२ बजे

पर्वहरूले विविधताबीचको राष्ट्रिय एकतालाई थप सुदृढ बनाउँछन् : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले इसाई धर्मावलम्बीको  पर्व ‘क्रिसमस डे’ का

प्रत्येक स्थानीय तहमा सामुदायिक बीउ बैंक स्थापना गर्न जोड

मोरङ– कोशी प्रदेशमा प्रत्येक स्थानीय तहमा कम्तीमा एउटा सामुदायिक बीउ

भाँडी खोला क्षेत्रस्थित मेची राजमार्ग अवरुद्ध

ताप्लेजुङ– यहाँको पाथीभरा याङवरक गाउँपालिका–१ भाँडी खोला क्षेत्रस्थित मेची राजमार्गमा

देवघाटलाई प्लाष्टिक निषेधित क्षेत्र घोषणा गरिँदै

चितवन– देवघाटको धार्मिक क्षेत्रलाई प्लाष्टिक निषेधित क्षेत्र घोषणा गरिने भएको

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– केही दिनदेखि नयाँ रेकर्ड बनाइरहेको सुनको मूल्य आज भने