प्रधानमन्त्रीविरुद्धको अविश्वास प्रस्तावको पक्षमा जसपाका ‘बहुमत सांसद’ « Khabarhub

प्रधानमन्त्रीविरुद्धको अविश्वास प्रस्तावको पक्षमा जसपाका ‘बहुमत सांसद’


१७ बैशाख २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जनता समाजवादी पार्टी (जसपा) का ‘बहुमत सांसद’ले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध ल्याइने अविश्वास प्रस्तावको पक्षमा उभिने निर्णय गरेका छन् ।

वैशाख १४ गते बसेको केन्द्रीय कार्यकारिणी समिति बैठकमा बहुमत सदस्यले लुम्बिनीमा मन्त्री बनेका ४ जना प्रदेश सांसदलाई कारबाही र प्रधानमन्त्री ओलीविरुद्धको अविश्वास प्रस्तावको पक्षमा उभिने निर्णय गरेको एक नेताले बताए ।

त्यस्तै जसपामा हाल कायम रहेका ३२ सांसदमध्ये १८ जना सांसदले प्रधानमन्त्री ओलीविरुद्धको अविश्वास प्रस्तावमा हस्ताक्षर गरेको उनले बताए ।

अध्यक्ष उपेन्द्र यादव पक्षले बिहीबार गरेको निर्णयका आधारमा लुम्बिनी प्रदेशसभा सचिवालयले सन्तोषकुमार पाण्डेय, विजयकुमार यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डेलाई सांसदबाट पदमुक्त गरेपछि जसपामा फेरि विवाद चुलिएको छ ।

अध्यक्ष महन्थ ठाकुर पक्षले भने लुम्बिनी प्रदेशसभाका सदस्यहरूलाई पार्टीले कुनै कारबाही नगरेको बताएको छ ।

सत्तासमीकरण तथा लुम्बिनी प्रदेशसभाको घटनालाई लिएर जसपा फुटको संघारमा पुगेको हो । पछिल्लो केही दिन यता पूर्व राजपा र संघीय समाजवादी पार्टीले समानान्तर गतिविधि सहित निर्णय गर्न समेत थालेका छन् ।

यसअघि जसपाका नेताहरुबीच केन्द्रीय कार्यकारिणी समिति बैठक बोलाउने विषयमा नै विवाद भएको थियो ।

संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई र केन्द्रीय कार्यसमिति अध्यक्ष यादव पक्षले बैठक बोलाउन माग गरे पनि अध्यक्ष ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोले अस्वीकार गरेका थिए ।

अध्यक्ष ठाकुर र महतो पक्षले कार्यकारिणी समितिको बैठक बोलाउन तयार नभएपछि बहुमत जुटाएर डा. भट्टराई र अध्यक्ष यादव पक्षको बैठक बसेको थियो ।

यसैबीच अध्यक्ष यादव पक्षले चार सांसदलाई पदमुक्त गर्ने निर्णयको विरुद्ध अर्का अध्यक्ष ठाकुर आज निर्वाचन आयोग पुगेका थिए ।

प्रकाशित मिति : १७ बैशाख २०७८, शुक्रबार  ८ : २२ बजे

भारतले दोस्रो चरणमा पठायो ३७.६ टन राहत सामग्री 

काठमाडौं– भारत सरकारले रसुवाका बाढीपीडितका लागि दोस्रो चरणको मानवीय सहायता

विपत्तिमा राष्ट्रिय एकताको खाँचो छ : प्रचण्ड

काठमाडौँ– नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्डले विपत्तिका

बाढी प्रभावितका लागि अमेरिकाद्वारा पाँच लाख डलर सहयोग

काठमाडौँ– अमेरिकाले नेपालको रसुवामा आएको आकस्मिक बाढीका कारण भएको धनजनको

सरकारले भन्यो- जथाभाबी हेलिकप्टर नउडाउनू

काठमाडौं– सरकारले बाढी पहिरो प्रभावित क्षेत्रमा जथाभाबी हेलिकप्टर नकुदाउन निर्देशन

भोटेकोशी बाढी : खोज, उद्धारका लागि १५ सय बढी सशस्त्र प्रहरी परिचालन

काठमाडौं– रसुवाको भोटेकोशी हुँदै त्रिशूली र नारायणी नदीमा आएको बाढीबाट