राजवंशीको निधनले सफल शिक्षासेवी गुमायौँ- प्रधानमन्त्री ओली | Khabarhub Khabarhub

राजवंशीको निधनले सफल शिक्षासेवी गुमायौँ- प्रधानमन्त्री ओली


१७ बैशाख २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले  सिद्धार्थ बनस्थली स्कूलका संस्थापक लक्ष्मण राजवंशीको निधनले देशमा सफल शिक्षासेवी गुमाएको बताएका छन् ।

गत वैशाख ११ गते उपचारका क्रममा नर्भिक अस्पतालमा निधन भएका राजवंशकीप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै प्रधानमन्त्री ओलीले शोकसन्तप्त परिवारमा समवेदना पनि व्यक्त गरेका छन् ।

राजवंशीले संविधान निर्माणमा पुर्‍याएको योगदानलाई स्मरण गर्दै प्रधानमन्त्री ओलीले समवेदना सन्देशमा भनेका छन्, ‘ देशमा गुणस्तरीय शिक्षा प्रदान गर्न एवं देशभरका शिक्षा प्रदायकलाई त्यसतर्फ प्रेरित गर्न सक्रिय रहनुभएका राजवंशीले संविधानसभा सदस्यका रूपमा नेपालको संविधान निर्माणमा पुर्‍याउनु भएको योगदानको यस क्षणमा म स्मरण गरिरहेको छु ।’

राजवंशी नेपाः राष्ट्रिय पार्टीको तर्फबाट यसअघि सांसद समेत बनेका थिए । उनका एक श्रीमती, दुई छोरा र एक छोरी छन् ।

प्रकाशित मिति : १७ बैशाख २०७८, शुक्रबार  ८ : १८ बजे

काठमाडौं शंखपार्कमा एक पुरुषको शव फेला

काठमाडौं– काठमाडौँको महाराजगन्जस्थित शंखपार्कमा एकजनाको शव फेला परेको छ ।

ठूला दलबीच सहकार्य आवश्यक : रमेश लेखक

कञ्चनपुर– नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले ठूला राजनीतिक दलहरुबीच

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको रहेको छ ।

अतिक्रमित जमिन खाली गराइने

बाँके– लामो समयदेखि अतिक्रमणमा परेको बाँकेको कोहलपुर नगर विकास समितिको

चोरले एक तोला सुन निलेपछि…

पाँचथर– पाँचथरमा चोरी गर्न गएका एक व्यक्तिले एक तोला सुन