कोरोना संक्रमणले पत्रकार महासङ्घ पाँचथरका उपाध्यक्ष भण्डारीको मृत्यु « Khabarhub

कोरोना संक्रमणले पत्रकार महासङ्घ पाँचथरका उपाध्यक्ष भण्डारीको मृत्यु


१६ जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पाँचथर- नेपाल पत्रकार महासङ्घ पाँचथर शाखाका उपाध्यक्ष एकराज भण्डारीको निधन भएको छ ।

गत वैशाख ३१ गते कोरोना सङ्क्रमण भई झापाको पूर्णटुङ्ग बिर्तासिटी अस्पतालमा उपचाररत ५२ वर्षीय भण्डारीको शनिबार अपराह्न ४:३० बजे निधन भएको हो ।

श्वासप्रश्सावमा समस्या देखिएका भण्डारीलाई भेन्टिलेटरमा राखी उपचार भइरहेकोमा शनिबार निधन भएको उनको उपचारका लागि सहयोग सङ्कलनमा सक्रिय नेपाल प्रेस युनियन पाँचथरका अध्यक्ष जितेन्द्र भण्डारीले जानकारी दिए ।

उनको पार्थिव शरीरलाई गएराति नै फिदिम–४ माझीटारस्थित हेवाघाटमा नेपाली सेनाको फिदिमस्थित रणशेर गणको टोलीले अन्त्येष्टि गरेको छ ।

नेपाल पत्रकार महासङ्घ केन्द्रीय समितिले शनिबार बेलुकी शोक वक्तव्य जारी गर्दै भण्डारीको निधनले पत्रकारिता क्षेत्रमा अपूरणीय क्षति पुगेको बताएको छ ।

पाँचथरको हिलिहाङ गाउँपालिका–५ सुभाङ स्थायी घर भई विगत डेढ दशकभन्दा लामो समयदेखि फिदिममा रहेर भण्डारी पत्रकारिता, साहित्य र प्राध्यापन क्षेत्रमा क्रियाशील थिए । नेपाल ट्रेड युनियन कांग्रेस पाँचथरका उपाध्यक्षसमेत रहेका भण्डारी फिदिमस्थित कञ्चनजङ्घा एकेडेमी माध्यमिक विद्यालयमा प्राध्यापनरत थिए ।

भण्डारीका श्रीमती, एक छोरा र दुई छोरी छन् । निडर, हक्की र स्पष्ट स्वभावका भण्डारीको निधनले पाँचथरको पत्रकारिता क्षेत्रमा ठूलो क्षति पुगेको र जिल्लाको समग्र सञ्चार क्षेत्रले एक नक्षत्र गुमाएको महासङ्घ पाँचथर शाखाका अध्यक्ष गिरिराज बाँस्कोटाले बताए ।

प्रकाशित मिति : १६ जेठ २०७८, आइतबार  १० : ४० बजे

प्रेस चौतारी अध्यक्ष पाण्डेलाई संकट, संगठनका २३ नेतृले कसे मोर्चा

काठमाडौं- नेकपा एमालेको भ्रातृसंगठन राष्ट्रिय युवा संघका नेता मञ्जिब क्षेत्रीलाई

जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो

एजेन्सी – मस्कोले जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता लरेन्ट भिनाटियरको बारेमा

बरियारपट्टी छोटी भन्सार स्तरोन्नतिको माग गर्दै अर्थमन्त्रीलाई ज्ञापनपत्र

सिरहा– सिरहाको बरियारपट्टी गाउँपालिका–३ मा रहेको छोटी भन्सार कार्यालय बन्द

संघर्ष छिचोल्दै श्रीमान्–श्रीमती एकसाथ दीक्षित

काठमाडौं– जीवनमा सबैलाई अर्थपूर्ण साथको आवश्यकता पर्छ । अझ जिम्मेवारी