५६ वर्षीय बेलायती प्रधानमन्त्री बोरिसले गरे ३३ वर्षकी प्रेमिका क्यारीसँग विवाह « Khabarhub

५६ वर्षीय बेलायती प्रधानमन्त्री बोरिसले गरे ३३ वर्षकी प्रेमिका क्यारीसँग विवाह


१६ जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले विवाह गरेका छन् ।

५६ वर्षीय बोरिसले शनिबार एकदमै थोरै मानिसहरूलाई बोलाएर ३३ वर्षीया प्रेमिका क्यारी सिमोन्ड्ससँग विवाह गरेको बीबीसीले जनाएको छ ।

यसअघि गरेका दुइटा विवाह डिभोर्समा टुंगिएपछि बोरिसले सिमोन्ड्सलाई विवाह गरेका हुन् । उनीहरुबीच सन् २०१८ देखि नै सम्बन्ध रहेको जनाइएको छ ।

उनीहरूले आफ्नो सम्बन्धबारे सन् २०२० मा मात्रै खुलाएका थिए । गत वर्षको अप्रिलमा सिमोन्ड्सले छोरालाई जन्म दिएकी थिइन्।

वेस्टमिनस्टर क्याथेड्रलमा ३० जना मानिसहरूलाई बोलाएर जोन्सनको विवाह भएको समाचारमा उल्लेख छ ।

जोन्सनको विवाह एकदमै गोप्य राख्ने कोशिस गरिएको थियो । विवाहबारे प्रधानमन्त्री कार्यालयकै धेरै मानिसलाई थाहा नदिइएको जनाइएको छ ।

विवाह समारोहमा सहभागीहरूले सामाजिक सञ्जालमा नयाँ दम्पतीलाई शुभकामना दिएपछि जोन्सनले विवाह गरेको खुलेको थियो ।

प्रकाशित मिति : १६ जेठ २०७८, आइतबार  ९ : ४० बजे

काराबाओ कप : सेमिफाइनलमा आर्सन र चेल्सीको भिडन्त

काठमाडौं – काराबाओ कपको सेमिफाइनलमा अर्सनल र चेल्सीले प्रतिस्पर्धा गर्ने

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर