कसरी बढाउने स्मरण शक्ति ? « Khabarhub

कसरी बढाउने स्मरण शक्ति ?


१६ जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मानिसले सबै कुरा सम्झन सक्दैन । तर कतिपयमा भने बिर्सने समस्या हुन्छ । जसका कारण उसले धेरैजसो कुरा स्मरण गर्न सक्दैन । यो समस्या उमेर बढ्दै गएपछि बढि हुन्छ ।

सम्झँनै पर्ने वा स्मरणमा राख्नपर्ने कुरालाई पनि बिर्सदा कतिपय अवस्थामा ठुलो तनाव बेहार्नु पर्दछ । जर्मन साइकोलाजिस्ट हर्मन इविन्गहसले स्मरणसँग सम्बन्धित केही यस्ता उपाय बताएका छन्, जसले विश्वव्यापी रुपमा मान्यता पाएको छ ।

किन पढेका कुरा सम्झना हुदैँन ?
सामान्यतयाः मानिसको मस्तिष्कले पढे लगत्तै सबै कुरालाई शतप्रतिशत भण्डारण गर्दछ ।

तर त्यसको एक घण्टा नबित्दै दिमागमा भण्डारण भएका जानकारी ४४ प्रतिशतमा घट्न पुग्छ । परिणाम स्वरुप, पटकपटक स्मरण नगरे ती कुरा मस्तिष्कबाट स्वतः हटेर जान्छ ।

इविङ्गहसका अनुसार कुनै कुरा पढे लगत्तै मस्तिष्कमा शतप्रतिशत भण्डारण हुन्छ । तर २० मिनेटपछि ६० प्रतिशतमा झर्दछ । यस्तै एक घण्टामा ४० प्रतिशत, एक दिनमा ३० प्रतिशत र एक सातामा २० प्रतिशतमा सीमित हुन्छ ।

स्मरण शक्ति कसरी बढाउने ?
१. यदि कुनै पनि कुरा तुरुन्तै सम्झनु परेमा पढे लगत्तै पहिलो पटक दोहोर्‍याउने ।
२. सोहि कुरालाई दोस्रो पटक करिब १५/२० मिनेट पश्चात्त पुनः दोहोर्‍याउने ।
३. पढेको सोहि कुरालाई तेस्रो पटक करिब ६/८ घण्टा पश्चात्त फेरि दोहोर्‍याउने ।
४. र चौथो पटक २४ घण्टा पछि फेरि सोहि कुरा बारम्बार पढेर दोहोर्‍याउने ।

कुनै कुरा पछिसम्म सम्झनु पर्यो भने के गर्ने ?
यदि कुनै कुरा लामो समयसम्म सम्झना रहिरहोस् भन्ने चाहाना छ भने पढे लगत्तै पहिलो पटक त्यसलाई दोहोर्‍याउने ।

त्यपछि करिब २०/३० मिनेट पश्चात्त सोहि कुरा दोस्रो पटक दोहोर्‍याउने । त्यसपछि एक दिन पश्चात्त तेस्रो पटक, २/३ हप्ता पश्चात्त चौथो पटक र २/३ महिना पश्चात्त पाँचौ पटक दोहोर्‍याएमा सम्झन सजिलो हुन्छ ।

कुनै कुरा लामो समयसम्म सम्झना रहिरहोस् भन्ने चाहाना भए पहिले त्यसलाई स्मृतिमा राख्नु पर्दछ । अन्यथा कुनै पनि कुरा जर्बजस्ती सम्झन खोजे यसले नकारात्मक असर गर्दछ । किनभने मस्तिष्कले कुनै पनि कुरा तुरुन्त सम्झन सक्दैन । यसकालागि समय दिन आवश्यक छ ।

प्रकाशित मिति : १६ जेठ २०७८, आइतबार  ११ : ०९ बजे

वीरगञ्जमा कर्फ्यु हट्यो, निषेधाज्ञा जारी

वीरगञ्ज– जिल्ला सुरक्षा समिति पर्साले वीरगञ्ज महानगर क्षेत्रमा चार किल्ला तोकेर

दुर्गा प्रसाईंको रिटमा सक्कल फाइल झिकाउन सर्वोच्चको आदेश

काठमाडौं– सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईँको बन्दीप्रत्यक्षीकरणको रिट निवेदनमा

प्रतिज्ञा पत्रमा उल्लेख गरेका विषय कांग्रेसले कार्यान्वयन गरेरै छाड्छ : प्रदीप पौडेल

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री एवम् काठमाडौं क्षेत्र नं ५ का प्रतिनिधिसभा

मतदान अधिकृत र सहायक मतदान अधिकृतहरूका लागि प्रशिक्षण सुरु

नेपालगन्ज– प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बाँकेमा मतदान अधिकृत र सहायक

गृहमन्त्रीद्वारा धादिङ दुर्घटनाका घाइतेको स्वास्थ्य अवस्थाबारे जानकारी

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले गएराति धादिङमा भएको बस दुर्घटनाका घाइतेको