कोरोनाविरुद्धको खोपका लागि राष्ट्रपतिद्वारा रुसी राष्ट्रपति पुटिनलाई पत्राचार « Khabarhub

कोरोनाविरुद्धको खोपका लागि राष्ट्रपतिद्वारा रुसी राष्ट्रपति पुटिनलाई पत्राचार


१६ जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोनाविरुद्धको खोप उपलब्ध गराइदिनेबारे रुसका राष्ट्रपति भ्लादिभिर पुटिनलाई पनि पत्र पठाएकी छन् ।

रुसले उत्पादन गरेको स्पुतनिक-५ खोप खरिदका लागि सहजीकरण गरिदिन आग्रह गर्दै राष्ट्रपति भण्डारीले रुसी समकक्षी पुटिनलाई पत्र पठाएकी हुन् ।

परराष्ट्र मन्त्रालयमार्फत पठाइएको पत्रमा नेपाल महामारीको संकटमा रहेको र जनतालाई बचाउन खोप अनिवार्य भएको भन्दै खोप सहयोगको लागि अनुरोध गरिएको राष्ट्रपतिका प्रेस सल्लाहकार टीका ढकालले जानकारी दिए ।

नेपालको स्वास्थ्य सेवा विभागले उक्त खोपलाई मान्यता दिइसकेको छ । ‘खोप कुटनीति’ अन्तर्गत राष्ट्रपतिले यहि व्यहोराको पत्र खोप उत्पादक मुलुक अमेरिका र भारतका राष्ट्रपतिलाई पत्र पठाइसकेकी छन् ।

प्रकाशित मिति : १६ जेठ २०७८, आइतबार  १ : ५९ बजे

काठमाडौंमा ईश्वर पोखरेल पक्षको भेला, महाधिवेशनमा उठाएका मुद्दाहरूलाई निरन्तरता दिने

काठमाडौं– नेकपा एमालेका नेता ईश्वर पोखरेल पक्षको भेलाले महाधिवेशनमा आफूहरूले

आगामी निर्वाचनमा सही प्रतिनिधि चयन गर्न मन्त्री खरेलको आग्रह

काठमाडौं– सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले आगामी निर्वाचनमा

मेरो लडाइँ जारी छ, विजय हुन बाँकी नै छ : रवि लामिछाने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो लडाइँ

जेन–जी शहीदका परिवार भेटेपछि भक्कानिए रवि

काठमाडौँ – काठमाडौँ आइपुगे लगत्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

रास्वपाद्वारा सातै प्रदेशका उम्मेदवारसँग छलफल

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी फागुन २१ गते