विश्वभर गर्भमा हुकिर्दै गरेका सबै शिशुको लम्बाई उस्तै « Khabarhub

विश्वभर गर्भमा हुकिर्दै गरेका सबै शिशुको लम्बाई उस्तै


१६ जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

द ल्यान्सेट डाइबिटिज एण्ड इन्डोक्राइनोलोजीमा प्रकाशित एक अध्ययन अनुसार विश्वभरीका गर्भमा हुर्किदै गरेका सबै शिशुको लम्बाई एकैनाश हुने देखिएको छ ।

यस अध्ययन अनुसार गर्भमा शिशुको विकास र जन्मका बेला हुने उसको लम्बाइमा विश्वभरि नै एकरूपता हुन्छ ।

अमेरिका, ब्राजिल, इटाली, बेलायत, भारत, चीन, केन्या, ओमानका शहरी क्षेत्रका गर्भवती महिलाहरूमा गरीएको अध्ययन अनुसार प्रायः सबैतिरका शिशु जन्मका बेला एकैनासका देखिन्छन् ।

यसो हुनुको पछाडी सबैतिर गर्भवतीहरूलाई पर्याप्त पोषण, रोगको उपचार र सुत्केरी अघिको हेरचाह एकैनासको हुनु हो ।

अनुसन्धान अनुसार विश्वभरिमा गर्भमा बढिरहेका शिशुहरूको हाडको आकार थाहा पाउन अल्ट्रासाउन्ड परीक्षण गरीएका थियो । उनीहरूले जन्मको समय सबै शिशुको लम्बाइ र टाउकाको परिधि नापेका थिए ।

यस्तोमा गर्भवतीहरूको स्वास्थ्य, पोषणको स्थिति र सुत्केरीको समयमा राम्रो हेरचाह हुन सके स्वस्थ शिशु जन्मने सम्भावना अत्यधिक हुने निचोड निस्किएको थियो । एजेन्सीको सहयोगमा

प्रकाशित मिति : १६ जेठ २०७८, आइतबार  २ : २३ बजे

नर्सिङ काउन्सिलले पायो नयाँ नेतृत्व

काठमाडौं– नेपाल नर्सिङ काउन्सिलले नयाँ नेतृत्व पाएको छ । सरकारले

पछिल्लो २४ घण्टामा एक हजार १७३ सवारीसाधन कारबाहीमा

काठमाडौं– काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले पछिल्लो २४ घण्टामा विभिन्न

‘गेटामा यही शैत्रिकसत्रदेखि तीन सय शय्याको शिक्षण अस्पताल सञ्चालन हुन्छ’

सुदूरपश्चिम– सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले यसै शैक्षिकसत्रमा ३००

महिनावारी स्वास्थ्य शिक्षालाई नीतिगत प्रबन्ध गर्न माग

काठमाडौं– प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति डा