आफैँभित्र खोज्नुहोस् खुसी « Khabarhub

आफैँभित्र खोज्नुहोस् खुसी


१६ जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

कुनै पनि मानिस सफल हुन, उचाईमा पुग्न उ ऊर्जाशील हुन आवश्यक छ । तर उर्जाशिल हुन के गर्ने ? कुनै पनि व्यक्ति उर्जाशिल हुनुको एउटै उपाय हो, खुसी हुनु । खुसी मानिस ऊर्जाशील हुन्छ र सफल हुन सक्छ । तर खुसी हुन चाहिँ के गर्ने त ? जीवनलाई खुसी राख्न यि उपाय सहायक हुन सक्छ ।

१. पर्याप्त निन्द्रा
खुसी हुन मानिसलाई पर्याप्त निन्द्रा आवश्यक पर्दछ । मस्त सुत्दा शरीरलाई आराम हुनुका साथै शरीर फुर्तिलो हुन्छ । तर निन्द्रा पुरा नभएमा मानिस रिसाउने र झर्किने गर्दछ ।

२. मुस्कान
मानिस खुसी हुन अनुहारमा मुस्कान आवश्यक पर्दछ । मुस्कानले मानिसलाई ऊर्जाशील बनाउँछ । साथै बौद्धिक काम गर्ने क्षमता बढाउँछ । यस अलावा मुस्कानले केही मात्रामा पीडा पनि कम गर्दछ ।

३. सकारात्मक चिन्तन
मानिस खुसी हुन सकारात्मक चिन्तन पनि आवश्यक हुन्छ । हमेशा नकारात्मक सोचि रहने मानिस खुसी हुन सक्दैन । तर सकारात्मक चिन्तन भए मानि अघि बढ्न सक्छ ।

४. व्यायाम
तनाव कम गर्ने सबैभन्दा उत्तम उपाय हो, व्यायाम । यसले मानिसलाई आनन्दित बनाउँछ साथै स्मरण शक्ति पनि बढाउँछ । व्यायामले मानिसलाई खुसी पनि बनाउँछ ।

५. आपसमा रमाउने
खुसी हुने अर्को उपाय भनेको घरपरिवार र साथीभाइसँग सकेसम्म बढि समय बिताउनु हो । समग्रमा मानिस व्यक्तिहरुबीचमा रमाउन सक्यो भने उ सबैभन्दा खुसी हुने गर्दछ ।

६. यात्रामा जाने
स्वच्छ हावामा घुम्न यात्रामा निस्किदा शरीरमा स्फुर्ती बढ्नुका साथै सकरात्मक ऊर्जा प्राप्त हुन्छ । यात्राले पनि खुसी प्राप्ति हुने गर्दछ ।

७. सहयोग
कहिले काहिँ अरुलाई सहयोग वा दान गर्दा पनि खुसी प्राप्त हुन्छ । सहयोग गर्ने बानीले मानिसमा करुणा र प्रेमको भाव झन् बलियो हुन्छ । जसले मानिसलाई खुसी बनाउँछ ।

८. ध्यान योग
ध्यान वा योगले मानिसलाई एकाग्र बनाउँनुका साथै तनाव कम गर्दछ । साथै शान्त बनाउँछ । यस्तोमा जब दिमाग स्वच्छ हुन्छ र तनाव घटाउँछ मानिस खुसी हुन्छ ।

प्रकाशित मिति : १६ जेठ २०७८, आइतबार  ३ : ५५ बजे

देशभर मनसुनी वायुको प्रभाव, यी भूभागमा वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

६ करोड ५० लाख पाउन्डमा रोड्री बार्सिलोना जाने पक्का, चार वर्षको सम्झौता हुँदै

काठमाडौँ – स्पेनिस क्लब बार्सिलोनाले म्यानचेस्टर सिटीका कप्तान तथा स्पेनिस

संसद्का दुवै सदनको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।

अस्ट्रेलियामा नेपाल ‘ए’ को परीक्षा: कुनकुन देशको टिमसँग हुँदैछ प्रतिस्पर्धा ?

काठमाडौँ – अस्ट्रेलियामा सञ्चालन हुने ‘टप एन्ड टी–२०’ सिरिजका लागि

आज नागपञ्चमी : घर-घरमा नागको पूजाआजा

काठमाडौँ – श्रावण शुक्ल पञ्चमीका अवसरमा सोमबार परम्पराअनुसार नागको पूजाअर्चना