आफैँभित्र खोज्नुहोस् खुसी | Khabarhub Khabarhub

आफैँभित्र खोज्नुहोस् खुसी


१६ जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कुनै पनि मानिस सफल हुन, उचाईमा पुग्न उ ऊर्जाशील हुन आवश्यक छ । तर उर्जाशिल हुन के गर्ने ? कुनै पनि व्यक्ति उर्जाशिल हुनुको एउटै उपाय हो, खुसी हुनु । खुसी मानिस ऊर्जाशील हुन्छ र सफल हुन सक्छ । तर खुसी हुन चाहिँ के गर्ने त ? जीवनलाई खुसी राख्न यि उपाय सहायक हुन सक्छ ।

१. पर्याप्त निन्द्रा
खुसी हुन मानिसलाई पर्याप्त निन्द्रा आवश्यक पर्दछ । मस्त सुत्दा शरीरलाई आराम हुनुका साथै शरीर फुर्तिलो हुन्छ । तर निन्द्रा पुरा नभएमा मानिस रिसाउने र झर्किने गर्दछ ।

२. मुस्कान
मानिस खुसी हुन अनुहारमा मुस्कान आवश्यक पर्दछ । मुस्कानले मानिसलाई ऊर्जाशील बनाउँछ । साथै बौद्धिक काम गर्ने क्षमता बढाउँछ । यस अलावा मुस्कानले केही मात्रामा पीडा पनि कम गर्दछ ।

३. सकारात्मक चिन्तन
मानिस खुसी हुन सकारात्मक चिन्तन पनि आवश्यक हुन्छ । हमेशा नकारात्मक सोचि रहने मानिस खुसी हुन सक्दैन । तर सकारात्मक चिन्तन भए मानि अघि बढ्न सक्छ ।

४. व्यायाम
तनाव कम गर्ने सबैभन्दा उत्तम उपाय हो, व्यायाम । यसले मानिसलाई आनन्दित बनाउँछ साथै स्मरण शक्ति पनि बढाउँछ । व्यायामले मानिसलाई खुसी पनि बनाउँछ ।

५. आपसमा रमाउने
खुसी हुने अर्को उपाय भनेको घरपरिवार र साथीभाइसँग सकेसम्म बढि समय बिताउनु हो । समग्रमा मानिस व्यक्तिहरुबीचमा रमाउन सक्यो भने उ सबैभन्दा खुसी हुने गर्दछ ।

६. यात्रामा जाने
स्वच्छ हावामा घुम्न यात्रामा निस्किदा शरीरमा स्फुर्ती बढ्नुका साथै सकरात्मक ऊर्जा प्राप्त हुन्छ । यात्राले पनि खुसी प्राप्ति हुने गर्दछ ।

७. सहयोग
कहिले काहिँ अरुलाई सहयोग वा दान गर्दा पनि खुसी प्राप्त हुन्छ । सहयोग गर्ने बानीले मानिसमा करुणा र प्रेमको भाव झन् बलियो हुन्छ । जसले मानिसलाई खुसी बनाउँछ ।

८. ध्यान योग
ध्यान वा योगले मानिसलाई एकाग्र बनाउँनुका साथै तनाव कम गर्दछ । साथै शान्त बनाउँछ । यस्तोमा जब दिमाग स्वच्छ हुन्छ र तनाव घटाउँछ मानिस खुसी हुन्छ ।

प्रकाशित मिति : १६ जेठ २०७८, आइतबार  ३ : ५५ बजे

कार्तिक शुक्ल प्रतिपदाः आज गोरु, गोवर्द्धन र हलि पूजा

काठमाडौं – कार्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चक अर्थात् तिहारको चौँथो

राजनीतिक संवादले निर्वाचनको माहोल बनेको छः सञ्चारमन्त्री खरेल

काठमाडौं – सरकारले निर्वाचनको वातावरण निर्माणका लागि राजनीतिक दलहरुसँग चरणबद्ध

आजको मौसम पूर्वानुमान : एक-दुई स्थानमा हल्का वर्षा

काठमाडौं – जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका

आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

आज बुधबार : श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल कात्तिक ५ गते बुधबार। कात्तिक