शेयर बजारमा नयाँ रेकर्ड, १७ अर्ब बढीको कारोबार « Khabarhub

शेयर बजारमा नयाँ रेकर्ड, १७ अर्ब बढीको कारोबार


१६ जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– साताको पहिलो दिन आइतबार शेयर बजारले नयाँ रेकर्ड बनाएको छ । शेयर खरिदबिक्री रकम अहिलेसम्मकै उच्च पुगेर नेपाली पुँजी बजारको इतिहासमै नयाँ रेकर्ड कायम भएको हो ।

नेप्से परिसूचक १२ दशमलव ५४ अंकले बढेको छ । कारोबारमा आएका बैंकिङ तथा वित्तीय क्षेत्रका कम्पनीहरूको परिसूचक बढेपछि सेयर बजारमा वृद्धि भएको हो ।

पछिल्लो समय लगातार रेकर्ड बनाउँदै गइरहेको नेप्से परिसूचक बजेट सार्वजनिक हुनुभन्दा अघिल्लो दिन सामान्य घटेको थियो ।

आइतबार नेप्से १.१३ प्रतिशतले बढेर २८४७.३० बिन्दुमा पुगेको छ । विकास बैंक, फाइनान्स, होटल तथा पर्यटन समूहका परिसूचकमा ठूलो वृद्धि देखिएको छ । विकास बैंक समूहको परिसूचक आठ दशमलव १२ प्रतिशतले वृद्धि भएको छ । फाइनान्स समूहमा ६.०९ प्रतिशतको वृद्धि भएको छ ।

आइतबार १७ अर्ब दुई करोड ८४ लाख रुपैयाँ बराबर सेयर कारोबार भएको छ । एक लाख ७३ हजार पाँच सय ३७ पटकको कारोबारमा चार करोड २६ लाख ३६ हजार तीन सय ४८ कित्ता सेयर किनबेच भएको छ ।

खरिदबिक्री रकममा नेसनल हाइड्रोपावर ४७ करोड ४० लाख रुपैयाँभन्दा बढीसहित अग्रस्थानमा रहेको छ । दोस्रो र तेस्रोमा क्रमशः अरुण काबेली र युनाइटेड मोदी हाइड्रोपावर रहेका छन् ।

१७ कम्पनीको भाउ ९% भन्दा बढीदेखि सर्किट लाग्ने तहसम्म वृद्धि भएको छ ।

प्रकाशित मिति : १६ जेठ २०७८, आइतबार  ४ : २८ बजे

गोलञ्जोर आधारभूत अस्पतालमा शव परीक्षण सुरु

काठमाडौं– सिन्धुली जिल्लाको गोलञ्जोरस्थित आधारभूत अस्पतालमा शव परीक्षण सेवा सुरु

सदनमा उठाइएका आवाजबारे सरकार गम्भीर भएन : उपनेता हमाल

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संसदीय दलका उपनेता प्रमेशकुमार हमालले

६ महिनामा सरकारको ‘फासीवादी’ प्रवृत्ति देखियो : नेता थापा

काठमाडौं–  नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापाले वर्तमान सरकारको

सुरक्षा निकायबाट पनि खाना पकाउने ग्यास वितरण गर्न अनुमति दिने तयारी

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव रुद्रसिंह तामाङले सुरक्षा

अनमोलको ‘बाटुलो जून’मा फर्कियो पुरानो प्रेमको स्वाद, सार्वजनिक भयो टिजर

काठमाडौं– अभिनेता अनमोल केसीलाई नयाँ अवतारमा देखाउने तयारीमा रहेको फिल्म