शेयर बजारमा नयाँ रेकर्ड, १७ अर्ब बढीको कारोबार « Khabarhub

शेयर बजारमा नयाँ रेकर्ड, १७ अर्ब बढीको कारोबार


१६ जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– साताको पहिलो दिन आइतबार शेयर बजारले नयाँ रेकर्ड बनाएको छ । शेयर खरिदबिक्री रकम अहिलेसम्मकै उच्च पुगेर नेपाली पुँजी बजारको इतिहासमै नयाँ रेकर्ड कायम भएको हो ।

नेप्से परिसूचक १२ दशमलव ५४ अंकले बढेको छ । कारोबारमा आएका बैंकिङ तथा वित्तीय क्षेत्रका कम्पनीहरूको परिसूचक बढेपछि सेयर बजारमा वृद्धि भएको हो ।

पछिल्लो समय लगातार रेकर्ड बनाउँदै गइरहेको नेप्से परिसूचक बजेट सार्वजनिक हुनुभन्दा अघिल्लो दिन सामान्य घटेको थियो ।

आइतबार नेप्से १.१३ प्रतिशतले बढेर २८४७.३० बिन्दुमा पुगेको छ । विकास बैंक, फाइनान्स, होटल तथा पर्यटन समूहका परिसूचकमा ठूलो वृद्धि देखिएको छ । विकास बैंक समूहको परिसूचक आठ दशमलव १२ प्रतिशतले वृद्धि भएको छ । फाइनान्स समूहमा ६.०९ प्रतिशतको वृद्धि भएको छ ।

आइतबार १७ अर्ब दुई करोड ८४ लाख रुपैयाँ बराबर सेयर कारोबार भएको छ । एक लाख ७३ हजार पाँच सय ३७ पटकको कारोबारमा चार करोड २६ लाख ३६ हजार तीन सय ४८ कित्ता सेयर किनबेच भएको छ ।

खरिदबिक्री रकममा नेसनल हाइड्रोपावर ४७ करोड ४० लाख रुपैयाँभन्दा बढीसहित अग्रस्थानमा रहेको छ । दोस्रो र तेस्रोमा क्रमशः अरुण काबेली र युनाइटेड मोदी हाइड्रोपावर रहेका छन् ।

१७ कम्पनीको भाउ ९% भन्दा बढीदेखि सर्किट लाग्ने तहसम्म वृद्धि भएको छ ।

प्रकाशित मिति : १६ जेठ २०७८, आइतबार  ४ : २८ बजे

यस्ता छन् प्रगतिशील लोकतान्त्रिकको पहिलो बैठकका १५ निर्णय

काठमाडौं- प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) को केन्द्रीय समितिको पहिलो बैठकले

देशको विकास श्रम संस्कृतिमा निर्भर हुनुपर्छ : अध्यक्ष साम्पाङ

धरान– श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाकानगर प्रमुख हर्कराज

मेसीको भिडियोबाट गायब भए शाहरुख, राहुल र फडणवीस

नयाँदिल्ली- लियोनल मेसीले आफ्नो गट इन्डिया टुर २०२५ सम्पन्न भएपछि

त्रिनगर नाकाबाट रोजगारीका लागि भारततर्फ जानेको भीड

कैलाली– चाडपर्व तथा घरायसी कामका लागि घर फर्केकाहरू पुनः रोजगारीका

स्थानीयवासीलाई विपद् स्वयंसेवक तालिम

टक्सार– विपद् व्यवस्थापनमा सहयोग पुर्‍याउने उद्देश्यले भोजपुर सदरमुकाममा १८ दिने समुदाय