बजेटको सकारात्मक प्रभाव शेयर बजारमा  « Khabarhub

बजेटको सकारात्मक प्रभाव शेयर बजारमा 


१६ जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सरकारले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको बजेटलाई धितोपत्र बजारले स्वागत गरेको छ ।

नेपाल स्टक एक्सचेञ्जमा आज भएको कारोवारले सो संकेत गरेको हो । नेप्सेमा आज भएको कारोवार रकम हालसम्मकै उच्च रहेको छ ।

नेप्से १२.५४ बिन्दुले बढेर दुई हजार ८२७.९३ मा पुगेको छ । ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ३.३५ ले वृद्धि भई ५०७.०५ मा पुगेको छ । कूल २१९ कम्पनीको कूल चार करोड २६ लाख ३६ हजार ३४८ कित्ता शेयर रु १७ अर्ब दुई करोड ८४ लाख ३२ हजार २४५ मूल्यमा खरिद बिक्री भए । यो हालसम्मकै सबैभन्दा बढी कारोवार रहेको नेप्सेले जनाएको छ ।

कारोवार भएका कूल १३ उपसमूहमध्ये आज छ उपसमूहको शेयर ओरालो लाग्दा सात उपसमूहको शेयर भने उकालो लागेको छ । बैंकिङ १९.९४, होटल तथा पर्यटन १३५.४४, विकास बैंक २५५.२५, वित्त ८३.९१, निर्जीवन बीमा ६४.१२, जीवन बीमा ९६.०१ र सामूहिक लगानी कोष ०.५५ अङ्कले बढेको छ । त्यस्तै, व्यापार ३२.६७, जलविद्युत् ०.६६, उत्पादन ५.३१, अन्य ५४.६४ र लगानी ०.२७ अङ्कले घटेको छ ।

साताको पहिलो दिनको कारोवारका आधारमा बजार पूँजीकरण रु ३९ खर्ब २४ अर्ब १५ करोड ४७ लाख १५ हजार २९७ बराबर पुगेको छ । कारोवारका आधारमा नेशनल हाइड्रोपावर शीर्ष स्थानमा छ । सो कम्पनीको रु ४७ करोड ४० लाख ९० हजार २०१ बराबरको कारोवार भयो । यस्तै, अरुण काबेली पावर रु ४६ करोड ९२ लाख ६३ हजार ७९०, युनाइटेड मोदी हाइड्रोपावर रु ४१ करोड ३१ लाख ४४ हजार ६७८, बुटवल पावर कम्पनी रु ४१ करोड २८ लाख ५७ हजार र अपि पावर कम्पनी रु ४० करोड १३ लाख ४२ हजार ८९० बराबरको कारोवार भई शीर्ष स्थानमा रहे ।

नेप्सेकाअनुसार ज्योति विकास बैंकको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । आँखु खोला जलविद्युत् कम्पनी ९.९६, घलेम्दी हाइड्रो ९.९६, गुडविल फाइइनान्स ९.९५ र लुम्बिनी विकास बैंकका लगानीकर्ताले ९.९४ प्रतिशतले कमाए । त्यस्तै, बरुण हाइड्रोपावर ६.५६, हिमालयन ऊर्जा विकास कम्पनी ६.२६, मिथिला लघुवित्त ५.४९, माउण्टेन हाइड्रो ५.३१ र रैराङ हाइड्रोपावरका लगानीकर्ताले ४.४२ प्रतिशतले गुमाए ।

प्रकाशित मिति : १६ जेठ २०७८, आइतबार  १० : ०१ बजे

यस्ता छन् प्रगतिशील लोकतान्त्रिकको पहिलो बैठकका १५ निर्णय

काठमाडौं- प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) को केन्द्रीय समितिको पहिलो बैठकले

देशको विकास श्रम संस्कृतिमा निर्भर हुनुपर्छ : अध्यक्ष साम्पाङ

धरान– श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाकानगर प्रमुख हर्कराज

मेसीको भिडियोबाट गायब भए शाहरुख, राहुल र फडणवीस

नयाँदिल्ली- लियोनल मेसीले आफ्नो गट इन्डिया टुर २०२५ सम्पन्न भएपछि

त्रिनगर नाकाबाट रोजगारीका लागि भारततर्फ जानेको भीड

कैलाली– चाडपर्व तथा घरायसी कामका लागि घर फर्केकाहरू पुनः रोजगारीका

स्थानीयवासीलाई विपद् स्वयंसेवक तालिम

टक्सार– विपद् व्यवस्थापनमा सहयोग पुर्‍याउने उद्देश्यले भोजपुर सदरमुकाममा १८ दिने समुदाय