प्रतिनिधिसभा विघटनविरुद्धका मुद्दाको सुनुवाइमा आइतबार के के भयो ? « Khabarhub

प्रतिनिधिसभा विघटनविरुद्धका मुद्दाको सुनुवाइमा आइतबार के के भयो ?



काठमाडौँ– संवैधानिक इजलाश गठनमा रिट निवेदकका वकिलले प्रश्न उठाएपछि संसद विघटनबारेको आइतबारको सुनुवाइ समेत विषयमै प्रवेश नगरी हेर्दाहेर्दैमा राखेर स्थगित भएको छ ।

शुक्रबार शुरु भएको संसद विघटनबारेको सुनुवाइका क्रममा पहिलो दिनमै रिट निवेदक पक्षका कानून व्यवसायीहरुले इजलाश गठनमा प्रश्न उठाएका थिए । वरिष्ठ अधिवक्ता शम्भु थापासहित अधिवक्ता गोविन्द बन्दीले समेत संवैधानिक इजलाशको गठनमा प्रश्न उठाएका थिए ।

नेकपा विवादबारेको फैसला गर्ने न्यायाधीश बमकुमार श्रेष्ठ र तेजबहादुर केसीलाई संवैधानिक इजलाशमा रहन नमिल्ने तर्क रिट निवेदक पक्षका कानून व्यवसायीहरुले उठाएपनि प्रधानन्यायाधीश चोलेन्द्रबमशेर राणाले भने न्यायाधीश छनोट गर्ने अधिकार कानून व्यवसायीहरुलाई नहुने बताउँदै आएका छन् ।

अहिलेको राजनीतिक परिस्थिति उत्पन्न हुनुमा नेकपा विभाजन गर्ने सर्वोच्चको फैसला भएको र त्यो फैसला गर्ने न्यायाधीश श्रेष्ठ रहेको र अर्का न्यायाधीश तेजबहादुर केसीले त्यसमाथि पुनरावलोकन दिन अस्वीकार गरेको भन्दै दुबै न्यायाधीशलाई प्रतिनिधिसभा विघटन मुद्दाको इजलासलमा राख्न नमिल्ने तर्क गर्दै आएका छन् ।

तर सरकारी पक्षका कानुन व्यवसायी र महान्यायाधिवक्ता रमेश बडालले विपक्षीको मागप्रति आपत्ति जनाएका थिए । ‘तीन न्यायाधीशले मिल्दैन भने केपी ओली विपक्षी भएको कुनै पनि मुद्दा यो अदालतले हेर्न मिल्दैन । रिट निवेदकले भनेजसरी इजलास गठन हुँदा कुनै पनि न्यायाधीशले मुद्दा हेर्न मिल्दैन भनेर निवेदन हालेमा के गर्नुहुन्छ ?’ महान्यायाधिवक्ता बडालले प्रश्न गरेका थिए ।

न्यायाधीश हटाउनुपर्ने विपक्षीको मागपछि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले वरिष्ठ अधिवक्ता शम्भु थापालाई ‘मेरोबारे तपाईंको धारणा के छ ?’ भन्ने प्रश्न गरे जवाफमा थापाले ‘श्रीमान् बिदामा बस्नु भए हुन्छ,’ भनेका थिए ।

अन्य अधिवक्ताले पनि न्यायाधीश चयनमा प्रश्न उठाएपछि प्रधानन्यायाधीश राणाले वकिलहरूलाई न्यायाधीश छान्ने अधिकार नभएको बताए ।

‘तपाईहरूलाई न्यायाधीश छान्ने अधिकार छैन । तथ्यमा कानुन र विधिमा आधारित भएर बहस गर्ने हो,’ राणाले भने, ‘तपाईंहरुलाई के म प्यानलै दिउँ छान्न ? को–को बस्ने भनेर ? अर्को पक्षले पनि न्यायाधीश छान्ला अनि के हुन्छ ? त्यसैले यो बस्नुस् वा नबस्नुस् भनेर भन्न मिल्दैन । पक्षले भन्दैमा न्यायाधीश छान्ने होइन । कसलाई छान्ने कुरा पक्षले भनेर हुँदैन ।’

संसद विघटनसम्बन्धी मुद्दाको सुनुवाइका लागि तोकिएको संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, न्यायाधीशहरु दीपककुमार कार्की, डा. आनन्दमोहन भट्टराई, तेजबहादुर केसी र बमकुमार श्रेष्ठ रहेका छन् ।

अब संवैधानिक इजलाशमा रहने न्यायाधीशबारे पहिला छिनोफानो हुने जनाइएको छ । त्यसपछि विषयमा प्रवेश गरेर सुनुवाइ शुरु गर्ने सर्वोच्चको तयारी छ ।

प्रकाशित मिति : १६ जेठ २०७८, आइतबार  ८ : ०७ बजे

दोषीमाथि कानुनी कारबाहीको माग गर्दै वीरगञ्जमा स्वास्थ्यकर्मीको प्रदर्शन

वीरगञ्ज- नारायणी अस्पतालमा कार्यरत चिकित्सकमाथि भएको आक्रमणको विरोधमा स्वास्थ्यकर्मीहरूले आइतबार वीरगञ्जको

अभियोजनलाई प्रविधिमैत्री बनाउन महान्यायाधिवक्ताको पाँच वर्षीय रणनीति

काठमाडौं– महान्यायाधिवक्ता कार्यालयले अभियोजनलाई प्रविधिमैत्री बनाउने परिलक्ष्यका साथ चौथो पञ्चवर्षीय

नारायणी अस्पताल घटनाका घाइते चिकित्सक ट्रमा सेन्टरमा, मन्त्री मेहताद्वारा स्वास्थ्य अवस्थाको जानकारी

काठमाडौं– नारायणी अस्पतालमा चिकित्सकमाथि भएको आक्रमणमा गम्भीर घाइते भएका मेडिकल

देवानगञ्ज घटना : कोशीका डीआईजी, सुनसरीका सीडीओ र एसपीलाई फिर्ता बोलाइयो

काठमाडौं- गयराति सुनसरीमा भएको हिंसात्मक घटनापछि त्यहाँका प्रमुख जिल्ला अधिकारी

फार्मेसी दर्ता तथा नवीकरणमा स्थानीय तहको सिफारिस अनिवार्य

काठमाडौंं– औषधि व्यवस्था विभागले नयाँ फार्मेसी दर्ता तथा सञ्चालनमा रहेका