आकाशमा जहाजले लगातार फन्को लगाउँदा... | Khabarhub Khabarhub

आकाशमा जहाजले लगातार फन्को लगाउँदा…


१६ जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

सुदूरपश्चिम– धनगढीको आकाशमा हवाइजहाजले आज लगातार फन्को लगाइरहँदा नगरवासीमा कौतुहल र चासो बढेको देखियो । आकाशमा यसरी किन चक्कर लगाइरहेको भनेर नगरवासीले चासो राख्दै एकापसमा टेलिफोनमा जिज्ञासा राखिरहेका थिए ।

कतिपयले धनगढी विमानस्थलमा अवतरण गर्न नसकेर वा अवतरण गर्ने वातावरण नभएर जहाजले आकाशमा फन्को लगाएको अनुमान लगाएका थिए भने अन्य कतिपयले उडिरहेकै अवस्थामा जहाज बिग्रेकाले अवतरण गर्नमा समस्या भएको भनेर अड्कल गरिरहेका थिए ।

कोरोना भाइरसको महामारीका बेला हाल धनगढी विमानस्थलमा आन्तरिक उडान बन्द रहेको अवस्थामा उक्त जहाजले चक्कर लगाएको देखिँदा पनि नगरबासीको चासो बढेको थियो ।

बिहान १० बजेको आसपासमा पूर्वतर्फबाट आएको सो जहाजले कैलालीको धनगढी र कञ्चनपुर जिल्लाको आकाशमा तीन/चार पटक फन्को लगाएको थियो । सो जहाज अवतरण गर्न नसकेर नभएर त्यहाँको धरातलीय स्वरुप मापनका लागि सर्भेक्षण कार्य गरिएको जनाइएको छ ।

धनगढी विमानस्थल कार्यालयका प्रमुख तेजबहादुर बुढथापाले जमीनको धरातलीय स्वरुप के कस्तो छ भनेर नक्सा तयार गर्नका लागि जहाजमार्फत् सर्भेको काम भइरहेको भन्ने जानकारी आएको बताए । उनले भने, ‘‘एक विदेशी जहाजले भैरहवा, नेपालगञ्ज र धनगढीको आकाशमा ‘सर्भे फ्लाइट’ गर्दैछ भन्ने जानकारी आएको थियो ।’’ – रासस

प्रकाशित मिति : १६ जेठ २०७८, आइतबार  ८ : १० बजे

हराएका हातहतियार फिर्ता गर्न गृहको आग्रह

काठमाडौं– गृह मन्त्रालयले गत भदौ २३ र २४ गते भएको

रेड नोटिस जारी भएकी एक महिला युएईबाट पक्राउ

काठमाडौं– प्रहरीले ठगी मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएकी एक

नेपाल र वेस्ट इन्डिजको ऐतिहासिक टी-२० सिरिज : पहिलो भिडन्त शनिबार

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टिम र विश्व विजेता वेस्ट

आज अन्तर्राष्ट्रिय आणविक निःशस्त्रीकरण दिवस

काठमाडौं– आज अन्तर्राष्ट्रिय आणविक निःशस्त्रीकरण दिवस आणविक हतियारको पूर्ण उन्मूलनसम्बन्धी

सरकारको पुनर्निर्माण कोषमा व्यवसायीको सहयोग

गलकोट– जेन-जी आन्दोलनका क्रममा क्षतिग्रस्त सरकारी संरचना पुनर्निर्माणमा सघाउन बागलुङका