भारी वर्षा हट्दै, हल्कादेखि मध्यम कायमै | Khabarhub Khabarhub

भारी वर्षा हट्दै, हल्कादेखि मध्यम कायमै


१६ जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालमा केही दिनदेखिको लगातारको वर्षा आजदेखि घट्दो क्रममा रहेको छ । यद्यपि हल्कादेखि मध्यम वर्षा भने कायमै रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मिनकुमार अर्यालले जानकारी दिए । “भारी वर्षा खासै छैन, हल्कादेखि मध्यम वर्षा ठाउँठाउँमा भइरहन्छ”, उनले भने, “तर मौसम सुध्रने क्रममा छ ।”

अहिले पनि काठमाडौँको केही भेगसहित उपत्यकाको पूर्व क्षेत्रमा वर्षा भइरहेको छ । यस्तै प्रदेश १ र वाग्मती प्रदेशका केही भूभागमा पनि पानी परिरहेको छ । काठमाडौँ केही क्षेत्रमा पानी पर्ने र केही क्षेत्रमा नपर्ने अवस्था देखिएको छ । दिउँसो भने मौसम खुलेको थियो ।

पश्चिमी वायु, स्थानीय वायु र भारतको उत्तर प्रदेश तथा यसको आसपासमा रहेको न्यून चापीय क्षेत्रको प्रभावले नेपालमा मौसम बदली भइरहेको हो । यसअघि बङ्गालको खाडीमा विकसित भएको चक्रवात ‘यास’को प्रभाव कमजोर भएको छ । तर सामान्य असर बाँकी नै रहेको महाशाखाको भनाइ छ ।

आगामी तीन दिन मौसममा बदली भने कायम रहेको अर्यालले जानकारी दिए । पहाडी भू–भागका अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदली रहेको छ । प्रदेश १, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा हल्का वर्षा भएको छ ।
आजराति देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १, २, वाग्मतीका थोरै स्थानमा तथा बाँकी प्रदेशका एक/दुई स्थानमा मेघगर्जन, चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

सोमबार भने देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १, २, वाग्मती र गण्डकीका थोरै स्थानमा र बाँकी प्रदेशका एक/दुई स्थानमा मध्यमसम्म पानी पर्ने जनाइएको छ ।

मङ्गलबार भने देशका अधिकांश भू–भागमा सामान्य बदली रही केही स्थानमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाइएको छ ।

प्रकाशित मिति : १६ जेठ २०७८, आइतबार  ८ : ४० बजे

नारायणगढ–मुग्लिन सडकमा फसेका ५५० यात्रुलाई निःशुल्क घुम्ती बस सेवाबाट उद्धार

काठमाडौं– नारायणगढ–मुग्लिन सडकखण्डमा फसेका ५ सय ५० यात्रुलाई निःशुल्क घुम्ती

देशका अधिकांश भागको मौसम सफा रहने

काठमाडौं– हाल देशभर मनसुनी वायुको प्रभाव कमजोर भएको छ भने

सुदूरपश्चिममा रेबिज सङ्क्रमण बढ्दो, नियन्त्रणमा चुनौती

कञ्चनपुर– सुदूरपश्चिममा रेबिजको सङ्क्रमण बढ्दो क्रममा देखिएको छ । पशुपन्छी

वीरगञ्ज नाका पहिलो दुई महिनामा १७ अर्बको सामान निर्यात

वीरगञ्ज– चालु आर्थिक वर्षको दुई महिनामा वीरगञ्ज नाकाबाट १७ अर्ब

आज बडादशैँको पाँचौँ दिन : स्कन्दमाताको पूजा हुँदै

काठमाडौं – बडादशैँ अन्तर्गत नवरात्रको पाँचौँ दिन आज दशैँघर तथा