बालकृष्णको ‘प्रशंसा गर्छौ’मा सुनील र रेजिना | Khabarhub Khabarhub

बालकृष्णको ‘प्रशंसा गर्छौ’मा सुनील र रेजिना


१६ असार २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–गायक, गीतकार तथा संगीतकार बालकृष्ण न्यौपानेको स्वरमा नयाँ गीत ‘प्रशंसा गर्छौ’को भिडियो सार्वजनिक भएको छ । गायक न्यौपानेको स्वर, शब्द तथा संगीतमा तयार भएको गीतको भिडियोमा मोडल सुनील क्षत्री र रेजिना मगरको रोमान्स छ ।

आफ्नो मायालुसँग रोमान्स गरेको कल्पना गर्दै प्रेमको डुबेको दृश्यलाई निर्देशक सुरज श्रेष्ठले कलात्मक शैलीमा भिडियोमा प्रस्तुत गरेका छन् ।

‘प्रशंसा’ एलबममा समावेश गरिएको गीतको भिडियोको सम्पादन अमृत चापागाईले गरेका हुन् । भिडियोमा प्रशान्त मगरले कोरियोग्राफी गरेका छन् ।

दीपक गिरीको छायांकन रहेको भिडियोको निर्माता ठाकुर न्यौपाने र झुमा तिमसिना रहेका छन् । न्यौपाने र तिमसिनाको यो पहिलो सहकार्य हो ।

भिडियो गायक न्यौपानेको आफ्नै च्यानल बिके क्रियशनबाट बजारमा आएको हो । गायक न्यौपानले केही समयअघि मात्रै ‘चञ्चले मन’ गीतको भिडियो सार्वजनिक गरेका थिए ।

प्रकाशित मिति : १६ असार २०७८, बुधबार  १२ : २० बजे

गर्मी बढेसँगै रगतको अभाव

चितवन– गर्मी बढेसँगै चितवनमा रगतको अभाव देखिएको छ । गर्मीले

कर्णालीमा सरकार विस्तार, को-को बने मन्त्री ?

सुर्खेत– कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले सरकार विस्तार गरेका छन् ।

जुत्ता सिलाएर हातमुख जोर्नेको व्यथा- ‘अरूको जुत्ता टल्कियो, आफ्नो भाग्य घर्कियो’ 

नेपालमा विदेशिनेको ओइरो छ । बाध्यतावश होस् या रहरले नै

लगानी सम्मेलनको प्रभाव, एकै दिन २५.९३ अंकले बढ्यो नेप्से 

काठमाडौं– सरकारले गरेको लगानी सम्मेलनको प्रभावले नेपाल स्टक एक्चेञ्ज (नेप्से)मा