अन्तर्राष्ट्रिय बालमैत्री अस्पतालको आगलागी नियन्त्रणमा « Khabarhub

अन्तर्राष्ट्रिय बालमैत्री अस्पतालको आगलागी नियन्त्रणमा


१६ असार २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पानीपोखरीस्थित अन्तर्राष्ट्रिय बालमैत्री अस्पतालको बन्दै गरेको नयाँ भवनमा भएको आगलागी नियन्त्रणमा आएको छ । मंगलबार लागेको आगो नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयबासीको सहयोगमा नियन्त्रणमा लिइएको हो ।

बिद्युतीय तार सर्ट भएर आगालगी भएको सूचना पाएपछि सशस्त्र प्रहरी बल नेपाल नम्बर १८ गण निलवाराही काठमाडौँं, सशस्त्र प्रहरी बल नेपाल नम्बर २० गण विपद् उद्वार काठमाडौँ, सशस्त्र प्रहरी बल नेपाल नम्बर २४ गुल्म काठमाडौं र सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश जुद्ध बारुण यन्त्रबाट खटिएको सशस्त्र प्रहरी उक्त आगलागी नियन्त्रणमा सक्रियताका साथ जुटेको थियो ।

आगलागीबाट अस्पतालका सुरक्षा गार्ड दुर्गा पौडेल, निर्माण मजदुर नन्दलाल पण्डित, समीता तामाङ्ग र विमला सुनार घाईते भएका छन् । घाईतेको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगंजमा उपचार भएको छ ।

आगलागीबाट करीव २२ लाख रुपैयाँ बराबरको धनमाल क्षति भएको बताईएको छ ।

प्रकाशित मिति : १६ असार २०७८, बुधबार  १ : ५२ बजे

निर्वाचन गराउन आयोग सबै हिसाबले तयार छः प्रमुख आयुक्त भण्डारी

काठमाडौं – निर्वाचन आयोग नेपालका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

साताको कार्टुन – कांग्रेसमा पूर्णबहादुरको तौल !

काठमाडौं – भदौ २३ र २४ गतेको आन्दोलनपछि नेपाली कांग्रेस

कहाँ चुक्यो कर्णाली याक्स ?

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन १ मा चौथो

तिला जलविद्युतको बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला – जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं – हाल कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र