जुम्ल्याहा बच्चासहित अलपत्र परेकी आमाको यूएईबाट उद्धार « Khabarhub

जुम्ल्याहा बच्चासहित अलपत्र परेकी आमाको यूएईबाट उद्धार


१६ असार २०७८, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– झण्डै आठ महिनाभन्दा बढी सेल्टरमा रहँदा डोल्मा लामा (नाम परिवर्तन) ले नेपाल फर्कन पाउँछु भनेर सोचेकी पनि थिइनन् । नेपाली भूमिमा टेक्नेबित्तिकै उनले लामो श्वास फेरिन् र आँखा टिलपिल पार्दै भनिन्, “सायद एनआरएनए नभएको भए म र मेरा बच्चा विदेशमै अलपत्र पर्ने थियौँ होला । मैलें कल्पना पनि गरेको थिइँन, म र मेरा बच्चाहरु यसरी आज नेपाल फर्कन पाउँछौँ । यो सहयोगको लागि एनआरएनएलाई हृदयदेखि नै धन्यवाद दिन चाहन्छु ।”

फेब्रुअरी ८, २०२० मा त्रिभुवन विमानस्थल हुँदै यूएई गएकी थिईन् उनी । उनी सेल्समा काम गर्थिन् । सबैकुरा सोचे अनुरुप नै थियो । तर अचानक उनको जीवनले फरक मोड लियो । डोल्माले जसलाई विश्वास गरिन् उसैले नै धोका दियो । जसोतसो आफूलाई सम्हालेर डोल्मा अघि बढ्दै थिइन् । तर, एकदिन अचानक काममै भएको बेला उनी बिरामी परिन् र उनलाई अस्पताल पुर्‍याइयो । उपचारका क्रममा उनी गर्भवती भएको थाहा भयो । डोल्मालाई यतिसम्मको बज्रपातको अन्दाज थिएन । उनले बच्चाको बाबुको खोजी नगरेकी होइनन् तर उनको खोज असफल रह्यो । अर्कोतर्फ कम्पनीले उनलाई कामबाट पनि निकालिदियो । उनी न त घर फर्कन् सक्थिन्, न त दुबईमा बस्ने आधार थियो ।

अगस्ट २०२० मा दुबई अस्पतालमा जुम्ल्याहा बच्चालाई जन्म दिईन् । तर सुत्केरी हुँदा अस्पतालमा लागेको खर्च तिर्ने अवस्था थिएन, डोल्माको । सोही क्रममा उनी गैरआवासीय नेपाली सङ्घको यूएईको सम्पर्कमा आइन् । त्यसपछि सङ्घमार्फत सङ्घको राहत तथा उद्दार कार्यक्रमको टोलीले आवश्यक पहलकदमी लियो । त्यहाँको सरकार र स्वास्थ्य निकायको सहयोगमा उनी सुत्केरी हुँदा अस्पतालमा लागेको ५० हजार दिराम समेत मिनाहा भयो । डोल्मा भन्छिन्, “त्यतिबेला निकै कठिन थियो । अस्पतालले आवश्यक कागजपत्र नभएको भन्दै बच्चालाई तीन महिनासम्म अस्पतालमै राखेको थियो, म भने डेरामा बस्नु परेको थियो, सरहरूले ठूलो सहायता गर्नुभयो, नत्र त के पो गर्न सक्थे र म ।”

डोल्माको भिसा सकिसकेको थियो, त्यसैले पनि गैरकानूनी रुपमा बस्न गाह्रो थियो । उनलाई गैर आवासीय नेपाली सङ्घको राहत तथा उद्दार कार्यक्रमअन्तर्गत दुबईको सेल्टरमा राखिएको थियो । त्यसपछि उनलाई नेपाल ल्याउने पहल शुरु गरिएको थियो । नेपालबाट आवश्यक कागजात झिकाई नेपाली दूतावाससँगको समन्वयमा आमा तथा बच्चाको ट्राभल डकुमेन्ट र अन्य प्रक्रिया पूरा गरेर २८ जुन २०२१ का दिन सकुशल स्वदेश फर्काई परिवारका सदस्य (बहिनीको) को जिम्मा लगाइएको छ । आमा तथा बच्चालाई काठमाडौंस्थित सङ्घको राहत तथा उद्दार कार्यक्रमका स्वयंसेवकले आवश्यक सहजीकरण तथा सहयोग पुर्‍याएका थिए ।

प्रकाशित मिति : १६ असार २०७८, बुधबार  २ : ५५ बजे

एमालेले भन्यो : झन्डै ५५ प्रतिशत नयाँ उम्मेदवार

काठमाडौं- नेकपा (एमाले)ले प्रतिनिधिसभा निर्वाचनमा ५४.५४ प्रतिशत नयाँ अनुहार अघि

देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र

काठमाडौं- प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति मंगलबार देशभर मनोनयन दर्ता गरियो

एमालेले उठायो १६५ क्षेत्रमै उम्मेदवार (सूचीसहित)

काठमाडौँ– नेकपा एमालेले यसपटकको निर्वाचनका लागि १६५ वटै निर्वाचन क्षेत्रमा

दमकमा रास्वपा कार्यकर्ताद्वारा आक्रमण गरिएको भन्दै एमालेद्वारा भर्त्सना

दमक (झापा)- नेकपा (एमाले)ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्ताले आफ्ना

निर्वाचन शान्तिपूर्ण र निष्पक्ष रूपमा सम्पन्न गर्न सरकार प्रतिबद्ध : प्रधानमन्त्री

काठमाडौं- सम्माननीय प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते हुने