एमालेको महाधिवेशन आयोजक समिति भंग, नेपाल पक्षको कारवाही निष्क्रिय « Khabarhub

एमालेको महाधिवेशन आयोजक समिति भंग, नेपाल पक्षको कारवाही निष्क्रिय

केन्द्रीय कमिटीको बैठक १८ गते बस्ने


१६ असार २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेको १‍० ‌औँ महाधिवेशन आयोजक कमिटी भंग भएको छ ।

बुधबार बसेको महाधिवेशन आयोजक कमिटीको बैठकले महाधिवेशन आयोजक कमिटीलाई भंग गर्दै केन्द्रीय कमिटीमा रुपान्तरण गर्ने निर्णय गरेको हो ।

यो निर्णयसँगै अब एमालेमा पुरानै संरचना क्रियाशील हुनेछ । प्रवक्ता प्रदीप ज्ञवालीले केन्द्रीय कमिटीको बैठक असार १८ गतेका लागि डाकिएको जानकारी दिए ।

आज बसेको बैठकले नेकपा एकतापछि स्थायी कमिटीमा समेटिएका एमालेका चार र माओवादीका चार नेतालाई थप गरेको छ ।

नेकपा एकता प्रक्रियामा एमालेबाट थपिएका रघुवीर महासेठ, विष्णु रिमाल, बेदुराम भुसाल र रघुजी पन्तसहित माओवादीतर्फ नलागी एमालेमा समाहित भएका रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी, लेखराज भट्ट, मणि थापा स्थायी कमिटी सदस्य बनेका छन् ।

महाधिवेशन आयोजक कमिटी खारेजसँगै माधव नेपालसहित ११ जना नेतामाथि यसअघि गरिएको कारवाही समेत निष्क्रिय भएको बैठकपछि प्रवक्ता ज्ञवालीले बताए ।

सर्वोच्च अदालतको पछिल्लो आदेश अनुसार सबै कारवाही निस्प्रभावी भएको प्रवक्ता प्रदीप ज्ञवालीले बताए । पार्टीमा माधव नेपाल समूहलाई गरिएको कारवाही स्वत: फुकुवा भएको उनको भनाइ छ ।

यसअघि एमालेका पदाधिकारीहरू यथावत रहने निर्णय भएको छ ।

प्रकाशित मिति : १६ असार २०७८, बुधबार  २ : ४६ बजे

सिन्धुलीकाे कमलामाई नगर क्षेत्रमा कर्फ्यू आदेश जारी

सिन्धुली – जिल्ला प्रशासन कार्यालय सिन्धुलीले कमलामाई नगरपालिका क्षेत्रमा अवस्था

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि

प्रेस चौतारी अध्यक्ष पाण्डेलाई संकट, संगठनका २३ नेतृले कसे मोर्चा

काठमाडौं- नेकपा एमालेको भ्रातृसंगठन राष्ट्रिय युवा संघका नेता मञ्जिब क्षेत्रीलाई