बीपी कोइराला अध्ययन अनुसन्धान केन्द्र भवनको शिलान्यास | Khabarhub Khabarhub

बीपी कोइराला अध्ययन अनुसन्धान केन्द्र भवनको शिलान्यास


१६ असार २०७८, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जननायक बीपी कोइराला मेमोरियल ट्रष्टले ‘बीपी कोइराला अध्ययन अनुसन्धान केन्द्र’ भवन निर्माण गर्ने भएको छ ।

आज सो भवनको काँग्रेस सभापति शेरबहादुर देउवा, बीपीपुत्र डाक्टर सशांक कोइराला र काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले संयुक्त रुपमा शिलान्यास गरेका छन् ।

उक्त भवन निर्माणका लागि काठमाडौँ महानगरपालिकाले मात्रै रु २ करोड आर्थिक सहयोग गरेको छ । भवन निर्माणका लागि वागमती प्रदेश सरकारले ५० लाख र ट्रष्ट आफैँको रु १ करोड लगानी रहने छ । थप रकम दाताबाट जुटाउने ट्रष्टले जानकारी दिएको छ । भवन निर्माणको मात्रै लागत करीब ४ करोड ५० लाख लाग्ने अनुमान गरिएको छ ।

काठमाडौँ महानगरपालिका वडा–५ को हाँडीगाउँमा निर्माण हुने सो भवन निर्माणका लागि काठमाडौँ महानगरपालिकासँगै प्रदेश सरकारलगायतबाट पनि सहयोग प्राप्त भएको प्रतिष्ठानका महासचिव रामचन्द्र पोख्रेलले जानकारी दिए ।

शिलान्यास कार्यक्रमलाई सम्वोधन गर्दै काँग्रेस सभापति देउवाले बीपीको योगदानलाई कदर गर्दै भवन निर्माणका लागि काठमाडौँ महानगरपालिका र अन्यले गरेको सहयोगप्रति पार्टीका तर्फबाट धन्यवाद दिए । उनले भने, ‘बीपी राजनीतिक, साहित्यिक र सामाजिक व्यक्तित्वका धनी हुनुहुन्थ्यो, देउवाले भन्नुभयो, ‘बीपीको सम्झना हामी सबैले गर्नुपर्छ । उहाँ विद्वान मात्रै होइन राष्ट्रवादी र समाजवादी नेता हुनुहुन्थ्यो ।’

करीब दुई मिनेट जति मात्रै सम्वोधन गरेका देउवाले आगामी दिनमा आम नेपालीका लागि यो केन्द्र बीपीको ख्यातीका बारेमा अध्ययन–अनुसन्धान गर्ने केन्द्रका रुपमा दरिलो गरी उभिने अपेक्षा लिएको बताए ।

कार्यक्रमलाई सम्वोधन गर्दै काँग्रेस महामन्त्री समेत रहेका बीपीपुत्र शशांकले बीपीको स्मृतिमा भवनको शिलान्यास भएको दिनलाई आफूले महत्वपूर्ण दिनका रुपमा लिएको बताए । ‘काठमाडौँ महानगरपालिकाका मेयरज्युलाई धन्यवाद,’ उनले भने, ‘उहाँले बजेट दिनुभयो । त्यसैको आधारमा यहाँ आज शिलान्यास कार्यक्रम राखेका छौँ । भवन त संरचना मात्रै हो । त्यहाँ आत्मा हुनुपर्छ । आत्माले नै प्रोत्साहन गर्ने हो । आत्मा नमर्ने गरी अध्ययन–अनुसन्धान केन्द्रलाई अघि बढाउनुहोला ।’

कार्यक्रमलाई सम्वोधन गर्दै काठमाडौँ महानगरपालिकाका प्रमुख शाक्यले आफु कुनै समय बीपीलाई हेर्न र सुन्न सार्जजनिक कार्यक्रममा जाने गरेको स्मरण गराउँदै आज बीपीकै स्मृतिमा निर्माण हुन लागेको बीपी अध्ययन–अनुसन्धान केन्द्र भवनको शिलान्यास कार्यक्रममा काठमाडौँ महानगरपालिका सहभागी हुन पाउँदा खुशी लागेको बताए ।

प्रकाशित मिति : १६ असार २०७८, बुधबार  २ : ४० बजे

जनप्रशासन क्याम्पसबाट नक्कली परीक्षार्थी पक्राउ

काठमाडौं– काठमाडौंबाट एक जना नक्कली परीक्षार्थी पक्राउ परेका छन् । नक्कली परीक्षार्थी

घनपोखराको प्रकृति र संस्कृति पदयात्रा पर्यटनसँग जोडिँदै

गण्डकी– लमजुङको मर्स्याङ्दी गाउँपालिका–१ स्थित घनपोखराका प्रकृति र संस्कृति सम्पदालाई

संसदीय समितिमा पारित भएका विधेयकमाथि छेडखानी नहोस् : प्रचण्ड

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा प्रमुख

सुरक्षित र मर्यादित आप्रवासन हाम्रो साझा प्रतिबद्धता हो : मन्त्री भण्डारी

काठमाडौं– श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले सुरक्षित र

सामुदायिक विद्यालयका ४३८ विद्यार्थीलाई पोसाक वितरण

भोजपुर– रामप्रसाद राई गाउँपालिका–६ बैकुण्ठेका पाँच सामुदायिक विद्यालयका विद्यार्थीलाई पोसाक