संसद विघटन मुद्दामा सर्वोच्चले संविधानअनुसार निर्णय गर्ने विश्वास छ : सभामुख | Khabarhub Khabarhub

संसद विघटन मुद्दामा सर्वोच्चले संविधानअनुसार निर्णय गर्ने विश्वास छ : सभामुख


१६ असार २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभा विघटनको विषयमा अदालतले संविधान अनुसार नै निर्णय गर्ने विश्वास व्यक्त गरेका छन् ।

संसद् दिवसका अवसरमा बुधबार सिंहदरबारस्थित संसद सचिवालय परिसरमा वृक्षारोपण गर्दै सभामुख सापकोटाले प्रतिनिधिसभा विघटन असंवैधानिक र अलोकतान्त्रिक रहेको भन्दै अदालतले संविधान अनुसार नै निर्णय गर्ने विश्वास व्यक्त गरे ।

संविधानको मर्म, भावना, बहुसंख्यक सांसदको मनोभावना अनुसार नै यो विषय निरुपण हुने उनको भनाइ छ । त्यस्तै उनले वातावरणबाट हुने असरबाट मुक्त हुन वृक्षारोपणमा सहभागी हुन सबैलाई अपिल गरे ।

सभामुख सापकोटाले सचिवालयको बगैंचामा रुद्राक्षको विरुवा रोपेका हुन् । सो अवसरमा राष्ट्रिय सभाका उपाध्यक्ष शशिकला दहाल, संघीय संसदका महासचिव डा. भरतराज गौतम, प्रतिनिधिसभाका सचिव गोपालनाथ योगी, सचिवालयका सचिवहरु ध्रुव घिमिरे, सुदर्शन खतिवडालगायतले पनि सचिवालय परिसरमा वृक्षारोपण गरेका छन् ।

प्रकाशित मिति : १६ असार २०७८, बुधबार  ४ : २६ बजे

कुम्भमेलामा दर्शनार्थीको घुइँचो, एकै दिनमा डेढ लाखभन्दा बढीको सहभागिता

सुनसरी – सुनसरीको बराहक्षेत्र नगरपालिका–१ चतराधाममा गत चैत २७ गतेबाट

बाग्लुङबाट पोखरा आउँदै गरेको बस दुर्घटना, १९ घाइते

कास्की । बागलुङबाट पोखरा आउँदै गरेको बस आज साँझ पोखरा

लुक्लामा हवाई उडान प्रभावित हुँदा पर्यटकहरू समस्यामा

सोलुखुम्वु – प्रतिकूल मौसमका कारण सोलुखुम्बुको तेन्जिङ हिलारी विमानस्थल (लुक्ला

बझाङका तीन केन्द्रको मतपेटिका हेलिकप्टरबाट संकलन गरिने

काठमाडौं । बझाङ प्रदेश सभा १ को उपनिर्वाचन पनि शान्तिपूर्ण

इलाम–२ मा यसरी हुँदैछ मतगणनाको तयारी

इलाम – इलाम–२ को मतपेटिका राति ११ बजेसम्म मतगणना स्थलसम्म