२४ घण्टामा कुन जिल्लामा कति संक्रमित थपिए ? (विवरण सहित) « Khabarhub

२४ घण्टामा कुन जिल्लामा कति संक्रमित थपिए ? (विवरण सहित)


१६ असार २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ८९२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको ७ हजार १८७ जनाको पीसीआर परीक्षणबाट १ हजार ८८९ र ४ हजार ३८१ जनामा गरिएको एन्टिजेन परीक्षणमा १ हजार ३ जना गरी जम्मा २ हजार ८९२ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा थप ४१ जना कोरोना संक्रमितको मृत्यु भएको छ । सोही अवधिमा देशभरका विभिन्न अस्पतालबाट थप ३ हजार ५९७ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

कहाँ कति थपिए ?

मन्त्रालयका अनुसार प्रदेश १ को इलाममा ६, उदयपुरमा ५, खोटाङमा ६,  झापामा १७९, धनकुटामा १०, पाँचथर २, भोजपुर १,  मोरङमा १४६, संखुवासभा १ र सुनसरीमा १८५ जनामा कोरोना भेटिएको छ।

यसैगरी प्रदेश २ को धनुषामा १६, पर्सामा ५,  बारामा ३, महोत्तरीमा ८, रौतहटमा ६, सप्तरीमा ४, सर्लाहीमा १ र सिरहामा २ जनामा कोरोना पाइएको छ।

बागमती प्रदेशको काठमाडौंमा ४३६, काभ्रेमा ३१, चितवनमा ७९, दोलखामा ४, धादिङमा ६, नुवाकोटमा ३६, भक्तपुरमा ४७, मकवानपुरमा ३६, रसुवा २, रामेछापमा ७, ललितपुरमा ८९, सिन्धुली २ र सिन्धुपाल्चोकमा २१ जनामा कोरोना पुष्टि भएको छ।

यसैगरी गण्डकी प्रदेशको कास्कीमा ११८, गोरखामा १, तनहुँमा ५२, नवलपरासी पूर्वमा ३२, पर्वतमा ५६, म्याग्दीमा २२, लमजुङमा ५, बागलुङमा ९ र स्याङजामा २५ जनामा कोरोना भेटिएको छ।

कोरोना पुष्टि हुनेमा लुम्बिनी प्रदेशको अर्घाखाँचीमा २, कपिलवस्तुमा २, गुल्मीमा २४, दाङमा १६, नवलपरासीमा २, पाल्पामा २०, प्युठानमा १,  बर्दियामा १२, बाँकेमा ९, रुपन्देहीमा २६ र रोल्पामा १ जना छन्।

यस्तै, कर्णाली प्रदेशको कालिकोट ३, दैलेखमा ७, रुकुम पश्चिममा १, सल्यानमा २, सुर्खेतमा १२ जनमा कोरोना भेटिएको छ भने सुदूरपश्चिम प्रदेशको कञ्चनपुरमा १४, कैलालीमा २८, डडेल्धुरामा १, बैतडीमा १, दार्चुलामा १, बाजुरामा १ र डोटीमा १ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति : १६ असार २०७८, बुधबार  ५ : २२ बजे

दादुराका ६७ बिरामी उपचारपछि घर फर्के, २० जनाको ‘आइसोलेसन’ उपचार जारी

गलकोट– दादुराबाट प्रभावित ढोरपाटनका बिरामीमध्ये ६७ जना घर फर्केका छन्

आठौँ अन्तर्राष्ट्रिय जुडो प्रतियोगिता बिहीबारदेखि सुरु हुने

काठमाडौं– नेपाल खेलकुद महासंघ, राष्ट्रिय जुडो संघको आयोजनामा आठौँ अन्तर्राष्ट्रिय

इरानमाथि अमेरिकी–इजरायली आक्रमण : करिब २०० अमेरिकी सैनिक घाइते

एजेन्सी– संयुक्त राज्य अमेरिका र इजरायलले फेब्रुअरी २८ मा इरानमाथि

अमेरिका र इजरायलको तनाव बढाउने इरानका यी हतियार

काठमाडौं- अमेरिका–इजरायल र इरानबीचको युद्ध जारी छ । युद्धरत पक्ष

मध्यपूर्व संकट : नागरिक पूर्वाधार लक्ष्यमा

एजेन्सी– कतारले मंगलबार आफ्नो राजधानी दोहामा मिसाइल आक्रमण रोकिएको घोषणा