भोलिदेखि स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरूको राष्ट्रिय शिखर सम्मेलन | Khabarhub Khabarhub

भोलिदेखि स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरूको राष्ट्रिय शिखर सम्मेलन


१६ असार २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरूको सातौँ राष्ट्रिय शिखर सम्मेलन असार १७ र १८ गते हुने भएको छ ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले बुधबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै कोरोनाका कारण यसअघि स्थगित सम्मेलन भोलि र पर्सी (बिहीबार र शुक्रबार) हुने जानकारी दिएको हो । परिषद्का कार्यकारी सदस्य सचिव डा. प्रदीप ज्ञवालीका अनुसार सम्मेलन कार्यालयबाटै भर्चुअल माध्यमबाट हुनेछ ।

स्वास्थ्य तथा जनसंख्याका विषयमा नयाँ नयाँ अनुसन्धान गर्न र विगत सात वर्षदेखि वार्षिक रुपमा शिखर सम्मेलन गर्दै आएको ज्ञवालीले जानकारी दिए ।

विज्ञहरूलाई एकै ठाउँमा राखेर जनस्वास्थ्य संकटको बेला अनुसन्धानको आवश्यकताको बारेमा छलफल गर्ने तथा जिम्मेवारीपूर्वक अनुसन्धान कार्य गर्न अभिप्रेरित गर्ने लक्ष्यका साथ सम्मेलनको आयोजना गरिएको ज्ञवालीले बताए ।

सम्मेलनमा खोज तथा अनुसन्धानका बारेमा ४७ वटा अनुसन्धान कार्यहरूको प्रस्तुति, १९ वटा पोष्टर तथा २४ वटा आमन्त्रित प्रस्तुतिकरण रहने उनको भनाइ छ ।

सम्मेलनबाट उत्कृष्ठ वैज्ञानिकहरूको छनोट गरी विभिन्न अवार्डबाट सम्मानित गरिने परिषद्ले जनाएको छ ।

प्रकाशित मिति : १६ असार २०७८, बुधबार  ९ : ३१ बजे

रास्वपाद्वारा ‘सद्भाव तथा सहकार्य अभियान’ घोषणा, प्रवासी नेपालीलाई मताधिकार सुनिश्चित गर्न पहल गर्ने

काठमाडाैं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठकले हालको

रुसद्वारा एक हजार युक्रेनी मृतक फिर्ता

किएभ – रूस–युक्रेन युद्धमा मारिएका करिब एक हजार युक्रेनीको मृत

जेनजी आन्दोलनपछि पहिलोपटक सार्वजनिक हुँदै ओली

काठमाडौं – जेनजी आन्दोलनका कारण पदबाट राजीनामा दिएर सेनाको सुरक्षा

बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

काठमाडौं – महानगरपालिका–१६ बनस्थली चोकस्थित सडकमा आज बसको ठक्क्रबाट पैदलयात्रुको