कसैलाई व्यक्तिगत विवरण नदिन बैंकर्स सङ्घको आग्रह « Khabarhub

कसैलाई व्यक्तिगत विवरण नदिन बैंकर्स सङ्घको आग्रह


१६ असार २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विज्ञान र प्रविधिको उपजको रुपमा रहेको सामाजिक सञ्जाल आम मानिसको दैनिकी नै बनेको छ । सकारात्मक काममा लागि बनाइएका त्यस्ता सञ्जाललाई दुरुपयोग गर्नेहरु पनि उत्तिकै छन् ।

पछिल्ला दिनमा त्यही सामाजिक सञ्जालको दुरुपयोग गरेर अनेकन प्रकारका ठगी धन्दासमेत भइरहेको छ । विशेषगरी सामाजिक तथा आर्थिक अपराध समेत मौलाएको अवस्था छ । जान अन्जानमा हुने त्यस्ता अपराधले मानिसको दिनचर्या समेत समस्यामा परेको छ ।

कोरोना कहरका कारण नागरिक आर्थिक रुपमा सङ्कटमा परिरहेको बेला सामाजिक सञ्जालको दुरुपयोग गरेर ठगी गरेको भन्ने व्यापक गुनासो आएपछि नेपाल बैंकर्स सङ्घले कुनै पनि व्यक्तिगत विवरण तथा बैंक खाताको सुरक्षा गर्न सबैमा आग्रह गरेको छ । सङ्घले पछिल्ला दिनमा विभिन्न सामाजिक सञ्जालमार्फत अनधिकृत व्यक्तिले सहयोग गर्ने बहानामा खाताको गोप्य विवरण माग गर्ने गरेको पाइएको भन्दै नागरिकलाई सचेत गराएको छ ।

सङ्घले आज विज्ञप्ति जारी गर्दै बैंक तथा वित्तीय संस्थाका ग्राहकलाई रकम पठाउनका लागि भन्दै खाता/व्यक्तिगत विवरण माग गर्ने गरेको घटनाप्रति ध्यानाकर्षण भएको जनाएको छ । सङ्घले आफ्नो गोप्य विवरण कोही कसैलाई पनि नदिन अनुरोध गरेको हो ।

आपराधिक मनोवृत्तिका व्यक्तिले सहयोग गर्ने बहानामा खाताको गोप्य विवरणहरु माग्ने गरेको सङ्घको बुझाइ छ । त्यस्ता व्यक्तिले खाता नं, मोबाइल नं, विद्युतीय कारोवारमा प्रयोग हुने ओटिपी प्राप्त गरी रकमान्तर गर्ने वा गर्न लगाउने जस्ता क्रियाकलाप गरिरहेका छन् । व्यापकरुपमा त्यस्ता गतिविधि भइरहेको जानकारी आएकाले सजग रहन सङ्घले सबैलाई आग्रह गरेको उल्लेख गरेको छ ।

सहयोगका नाममा आउने त्यस्ता फोन कल वा कारोबारको शङ्का लागेमा नजिकैको बैंक शाखामा तुरुन्त सम्पर्क गर्न पनि सङ्घले अनुरोध गरेको छ । सजगताका साथ डिजिटल बैंकिङमार्फत सुरक्षित कारोबार गर्न ग्राहकलाई अनुरोध गरिएको विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति : १६ असार २०७८, बुधबार  १० : ४५ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै