बीआईएस बैठकमा कोरोनाले बैंकिङ क्षेत्रमा पारेको प्रभावका विषयमा छलफल | Khabarhub Khabarhub

बीआईएस बैठकमा कोरोनाले बैंकिङ क्षेत्रमा पारेको प्रभावका विषयमा छलफल


१६ असार २०७८, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– गभर्नर महाप्रसाद अधिकारीले कोरोना महामारीले बैंक तथा वित्तीय संस्थाहरुमा परेको प्रभाव र त्यसको न्युनीकरणका विषयमा राष्ट्र बैंकले चालेको कदमका विषयमा राय प्रस्तुत गरेका छन् ।

‘बैंक फर इन्टरनेशनल सेटलमेन्ट (बीआईएस)को ९१औं वार्षिक बैठकमा सहभागीता जनाउँदै सो कुरा उल्लेख गरेका हुन् । यही असार १४ र १५ गते भर्चुअल माध्यममा आयोजित बैठकमा उनले आफ्नो धारणा राखेका थिए ।

बैठकको पहिलो दिन बैंक अफ इङ्गल्यान्ड तथा बैंक अफ क्यानडाका पूर्व गभर्नर मार्क क्यार्नीले ‘The Art of Central Banking in a Centrifugal World’ विषयमा आफ्नो मन्तव्य राखेका थिए ।

त्यस क्रममा उनले केन्द्रीय बैंकको विगत र वर्तमानको तुलनात्मक भूमिका, बदलिँदो विश्व वित्तीय प्रणालीमा देखिएका नवीनम चुनौतीलाई सम्बोधन गर्दै मौद्रिक तथा वित्तीय स्थायित्वका निम्ति केन्द्रीय बैंकले अवलम्बन गर्नुपर्ने रणनीतिक व्यवस्थाबारे धारणा राखेका थिए ।

प्रविधिमा आएको परिवर्तनसँगै डिजिटल मुद्राको प्रयोग बढ्दैगएको सन्दर्भमा सेन्ट्रल बैंक डिजिटल करेन्सीको अवधारणाका विषयमा समेत क्यार्नीले आफ्नो मन्तव्य केन्द्रित गरेका थिए । उनको प्रस्तुतिमाथि सहभागीहरूबीच समूहगत छलफल भएको थियो ।

बैठकको दोस्रो दिन मंगलबार बीआईएसका महाप्रबन्धक अगस्टिन कार्सटेन्सले आफ्नो मन्तव्य राख्दै संस्थाको वार्षिक आर्थिक प्रतिवेदनका मुख्य झलकहरू प्रस्तुत गरे ।

सो अवसरमा उहाँले कोभिड–१९ का कारण प्रभावित बनेको अर्थतन्त्रको दीर्घकालीन स्थिरताको निम्ति नीतिगत आधारशीला तयार गरिनुपर्ने आवश्यकता औंल्याए । त्यसको लागि संरचनागत सुधार, नवप्रवर्तनात्मक प्रविधिको विकास र विश्वव्यापी नीतिगत सहकार्य एवम् समन्वय हुनुपर्ने आवश्यकतामा महाप्रबन्धक कार्सटेन्सको जोड थियो ।

मंगलबार सार्वजनिक बीआईएसको आर्थिक प्रतिवेदनले कोभिड महामारीका कारण आयस्तर र स्रोतको पहुँचमाथि तीव्र रूपमा असमानता बढेको उल्लेख गर्दै मौद्रिक तथा वित्तीय नीति मार्फत त्यसलाई न्यूनीकरण गरी समष्टिगत आर्थिक स्थायित्वत मार्फत उन्मुख हुनुपर्ने आवश्यकता औंल्याइएको छ ।

बैठकका दौरान सबल वित्तीय प्रणालीका निम्ति बीआईएसबाट भएका नवीनतम र नवप्रवर्तनात्मक प्रयासबारे प्रस्तुति दिइएको थियो । उक्त प्रस्तुतिमाथि बैठकका सहभागीहरूबीच छलफल भएको थियो ।

बैठकमा बीआईएसको सदस्य बैंकसँगै अन्य केन्द्रीय बैंकका गभर्नर र उच्च अधिकारीहरूको सहभागिता थियो । उक्त बैठकमा बैंक सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक डा. गुणाकर भट्टसमेत सहभागी थिए ।

सन् १९३० मा स्थापना भएको बीआईएसमा हाल ६३ वटा केन्द्रीय बैंकहरू सदस्य छन् ।

प्रकाशित मिति : १६ असार २०७८, बुधबार  ७ : ५६ बजे

ओलीसँग नेपाल बिच्किँदा सोडारीलाई संकट, बझाङ देखाएर एमालेले अड्कायो विश्वासको मत

काठमाडौं– केन्द्रीय गठबन्धनमा भएको सहमतिअनुसार सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा गत वैशाख

न्यायपालिका सुधार अदालतको मात्र विषय होइन : प्रधानन्यायाधीश

काठमाडौं– प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्यायपालिकाको सुधार न्यायालयको मात्र विषय नभएर

पार्टी विभाजनविरुद्ध अदालत जाँदै जसपा नेपाल

काठमाडौं– उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपाल आज

फिल्म ‘खजुरे ब्रो’ प्रिमियर (तस्बिरहरू)

काठमाडौं – मोडल तथा पूर्व मिस इन्टरनेशनल नेपाल नीति शाहको

दैनिक हिँड्नुका फाइदा

हिँडाइ सबै भन्दा सहज शारीरिक अभ्यास मानिन्छ। हिँड्न मन पराउनेको