बीआईएस बैठकमा कोरोनाले बैंकिङ क्षेत्रमा पारेको प्रभावका विषयमा छलफल « Khabarhub

बीआईएस बैठकमा कोरोनाले बैंकिङ क्षेत्रमा पारेको प्रभावका विषयमा छलफल


१६ असार २०७८, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– गभर्नर महाप्रसाद अधिकारीले कोरोना महामारीले बैंक तथा वित्तीय संस्थाहरुमा परेको प्रभाव र त्यसको न्युनीकरणका विषयमा राष्ट्र बैंकले चालेको कदमका विषयमा राय प्रस्तुत गरेका छन् ।

‘बैंक फर इन्टरनेशनल सेटलमेन्ट (बीआईएस)को ९१औं वार्षिक बैठकमा सहभागीता जनाउँदै सो कुरा उल्लेख गरेका हुन् । यही असार १४ र १५ गते भर्चुअल माध्यममा आयोजित बैठकमा उनले आफ्नो धारणा राखेका थिए ।

बैठकको पहिलो दिन बैंक अफ इङ्गल्यान्ड तथा बैंक अफ क्यानडाका पूर्व गभर्नर मार्क क्यार्नीले ‘The Art of Central Banking in a Centrifugal World’ विषयमा आफ्नो मन्तव्य राखेका थिए ।

त्यस क्रममा उनले केन्द्रीय बैंकको विगत र वर्तमानको तुलनात्मक भूमिका, बदलिँदो विश्व वित्तीय प्रणालीमा देखिएका नवीनम चुनौतीलाई सम्बोधन गर्दै मौद्रिक तथा वित्तीय स्थायित्वका निम्ति केन्द्रीय बैंकले अवलम्बन गर्नुपर्ने रणनीतिक व्यवस्थाबारे धारणा राखेका थिए ।

प्रविधिमा आएको परिवर्तनसँगै डिजिटल मुद्राको प्रयोग बढ्दैगएको सन्दर्भमा सेन्ट्रल बैंक डिजिटल करेन्सीको अवधारणाका विषयमा समेत क्यार्नीले आफ्नो मन्तव्य केन्द्रित गरेका थिए । उनको प्रस्तुतिमाथि सहभागीहरूबीच समूहगत छलफल भएको थियो ।

बैठकको दोस्रो दिन मंगलबार बीआईएसका महाप्रबन्धक अगस्टिन कार्सटेन्सले आफ्नो मन्तव्य राख्दै संस्थाको वार्षिक आर्थिक प्रतिवेदनका मुख्य झलकहरू प्रस्तुत गरे ।

सो अवसरमा उहाँले कोभिड–१९ का कारण प्रभावित बनेको अर्थतन्त्रको दीर्घकालीन स्थिरताको निम्ति नीतिगत आधारशीला तयार गरिनुपर्ने आवश्यकता औंल्याए । त्यसको लागि संरचनागत सुधार, नवप्रवर्तनात्मक प्रविधिको विकास र विश्वव्यापी नीतिगत सहकार्य एवम् समन्वय हुनुपर्ने आवश्यकतामा महाप्रबन्धक कार्सटेन्सको जोड थियो ।

मंगलबार सार्वजनिक बीआईएसको आर्थिक प्रतिवेदनले कोभिड महामारीका कारण आयस्तर र स्रोतको पहुँचमाथि तीव्र रूपमा असमानता बढेको उल्लेख गर्दै मौद्रिक तथा वित्तीय नीति मार्फत त्यसलाई न्यूनीकरण गरी समष्टिगत आर्थिक स्थायित्वत मार्फत उन्मुख हुनुपर्ने आवश्यकता औंल्याइएको छ ।

बैठकका दौरान सबल वित्तीय प्रणालीका निम्ति बीआईएसबाट भएका नवीनतम र नवप्रवर्तनात्मक प्रयासबारे प्रस्तुति दिइएको थियो । उक्त प्रस्तुतिमाथि बैठकका सहभागीहरूबीच छलफल भएको थियो ।

बैठकमा बीआईएसको सदस्य बैंकसँगै अन्य केन्द्रीय बैंकका गभर्नर र उच्च अधिकारीहरूको सहभागिता थियो । उक्त बैठकमा बैंक सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक डा. गुणाकर भट्टसमेत सहभागी थिए ।

सन् १९३० मा स्थापना भएको बीआईएसमा हाल ६३ वटा केन्द्रीय बैंकहरू सदस्य छन् ।

प्रकाशित मिति : १६ असार २०७८, बुधबार  ७ : ५६ बजे

प्रतिनिधिसभाबाट ‘विनियोजन विधेयक, २०८३’ पारित

काठमाडौं – प्रतिनिधिसभाबाट विनियोजन विधेयक, २०८३ पारित भएको छ ।

अमेरिका–इरान सम्झौता कार्यान्वयनका लागि छलफल गर्न शुक्रबार स्वीट्जरल्याण्डमा वार्ता हुने

जेनेभा – मध्यपूर्व युद्ध अन्त्यका लागि अमेरिका–इरान समझदारी कार्यान्वयन गर्न

आजका समाचार : विनियोजन विधेयक पारित, एमालेमा नेतृत्व फेर्न माग, विश्वकपमा पहिलो राउण्डका खेल सकिए र अमेरिका-इरानबीच १४ बुँदे समझदारी

प्रतिनिधिसभाबाट ‘विनियोजन विधेयक, २०८३’ पारितप्रतिनिधिसभाबाट विनियोजन विधेयक, २०८३ पारित भएको

समूह ‘डी’ : दबाबमा टर्की, अमेरिकालाई अस्ट्रेलियाको चुनौती

काठमाडौं- फिफा विश्वकपमा सह–आयोजक अमेरिका रहेको समूह ‘डी’का खेलहरु फेरि

प्रतिनिधिसभाबाट ‘विनियोजन विधेयक, २०८३’ पारित

काठमाडौं– प्रतिनिधिसभाबाट विनियोजन विधेयक, २०८३ पारित भएको छ । प्रतिनिधिसभाको