नक्कली सुन बेच्ने ७ जना पक्राउ « Khabarhub

नक्कली सुन बेच्ने ७ जना पक्राउ


१५ श्रावण २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की– नक्कली सुन बेच्ने सात जना पक्राउ परेका छन् । कास्की प्रहरीले नक्कली सुन बेच्न हिँडेका एक सुनका कालीगढसहित ७ जना व्यक्तिलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेहरुमध्ये एकजना पोखराको सिर्जनाचोकमा रहेको पर्वत सुनचाँदी पसलमा कालीगढको काम गर्ने भुवन विकसहित पर्वत रुघुगंगा गाउँपालिका ३ राखुकी ४२ वर्षीया विमला परियार, पोखरा २ मिरुवाका ४२ वर्षीय गणेशबहादुर दर्जी, रामेछापको सुकाजोर नगरपालिका ७ का अनिल भुजेल, सर्लाहीको बागमती नगरपालिका १ का ईन्द्रबहादुर बलमपाकी, चितवन टाँडी २ का भुवन विक र चितवन राप्ती ९ का प्रकाश परियार छन्।

उनीहरुबाट सुनजस्तै पहेँलो देखिने ६५४ ग्राम धातु बरामद गरेको प्रहरीले जनाएको छ।

नक्कली सुन बेच्न हिँडेको सूचनाको आधारमा प्रहरीले विमलाको पोखरा २ मिरुवामा रहेको कोठाबाट सो धातु बरामद गरेको हो।

प्रकाशित मिति : १५ श्रावण २०७८, शुक्रबार  ६ : ३५ बजे

न्वागी पर्व मनाउँदै आठपहरिया

धनकुटा– आठपहरिया समुदायले भदौ–असोजमा न्वागी अर्थात् भदौरे चाड मनाउने सुरु

छ दिनदेखि कालीगण्डकी करिडोर अवरुद्ध

गुल्मी– वर्षाका कारण छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर सडक अझै

इन्द्रजात्राको अन्तिम दिन महिलाले ताने रथ, मन्त्रीहरू पनि पुगे वसन्तपुर

काठमाडौं– इन्द्रजात्राको अन्तिम दिन आज मंगलबार महिलाहरूले गणेश, भैरव र

लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य

काठमाडौं– चाडपर्व नजिकिएसँगै काठमाडौं उपत्यका ट्राफिक प्रहरीले लामो दूरीमा सञ्चालन