टोकियो ओलम्पिक : आज स्विमिङ टुङ्गो लागेर एथलेटिक्स शुरू हुँदै « Khabarhub

टोकियो ओलम्पिक : आज स्विमिङ टुङ्गो लागेर एथलेटिक्स शुरू हुँदै


१५ श्रावण २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जापानमा जारी टोकियो ओलम्पिकमा शुक्रबार अमेरिकाले कुनै पनि स्पर्धामा स्वर्ण नजित्ने सम्भावना रहेको छ ।

शुक्रबार महिला २ सय मिटर ब्रेस्टस्ट्रोकमा दक्षिण अफ्रिकाका टाटियाना सुमाकर प्रमुख दाबेदार रहेकी छिन् । महिलासय मिटरमा अस्ट्रेलियाका अम्मा म्याककोन, स्विडेनकी साहरा जोस्टम र अस्ट्रेलियाकै केट क्याम्बेलका बीचमा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।

दुई सय मिटर ब्याकस्ट्रोकमा रुसी ओलम्पिक कमिटीका यागेनी राइलोभ उपाधिका मुख्य दाबेदारको रूपमा रहेका छन् ।

पुरुष २ सय मिटर मेड्लीमा अमेरिकाका माइकल एन्ड्रयु दाबेदारको रूपमा प्रतिस्पर्धा गरे पनि ओलम्पिकमा कमजोर प्रदर्शन गरी रहेका कारण उनले उपाधि जित्ने सम्भावना कमै रहेको छ ।

आर्चरीको महिला एकलको उपाधि शुक्रबार टुङ्गो लाग्नेछ । भारतकी दीपिका कुमारी शीर्ष बरियताको खेलाडीको रूपमा प्रतिस्पर्धा गर्नेछिन् ।

ब्याडमिन्टनको मिश्रित युगलमा दुई चिनियाँ जोडी फाइनलमा प्रवेश गरेका कारण चीनको स्वर्ण पदक निश्चित भएको छ ।

पुरुष कायाकको फाइनल पनि शुक्रबार नै हुनेछ । साइक्लिङको बिएम एक्स रेसिङको महिला र पुरुष स्पर्धाको फाइनल पनि शुक्रबार हुनेछ ।

फेन्सिङको महिला टिम एपेको सम्पूर्ण स्पर्धा शुक्रबार नै सकिनेछ । महिला फुटबलको क्वार्टर फाइनलमा क्यानडाले ब्राजिल, बेलायतले अस्ट्रेलिया, स्विडेनले जापान तथा अमेरिकाले नेदरल्यान्डको सामना गर्ने छन् ।

जुडोमा महिलामा ७८ किलोमाथि र पुरुषमा १०० किलोमाथिको स्पर्धाका खेल हुनेछन् । रोइङमा शुक्रबार महिला र पुरुषको सिङ्गल स्क्रुलको फाइनल खेल हुनेछ । महिला र पुरुषको एट फाइनल पनि शुक्रबार हुनेछ ।

सुटिङमा २५ मिटर पेस्तोलको फाइनल खेल शुक्रबार हुनेछ । टेबल टेनिसको पुरुष एकलको फाइनल खेल हुनेछ । यसमा दुवै चिनिया खेलाडी फाइनल प्रवेश गरेका कारण चीनको स्वर्ण र रजत पक्का भइसकेको छ ।

टेनिसको पुरुष युगलको फाइनल हुनेछ । दुवै क्रोएसियाली जोडी फाइनल प्रवेश गरेका कारण क्रोएसियाको स्वर्ण र रजत निश्चित भइसकेको छ । ट्राम्पोलायन जिम्न्यास्टिकको महिला स्पर्धा शुक्रवार नै हुने छ । यसमा पनि चीनलाई दाबेदार मानिएको छ ।

शुक्रबार नै एथलेटिक्सको स्पर्धा शरू हुनेछ । पुरुष १० हजार मिटरको फाइनल खेल पनि शुक्रबार हुनेछ । युगान्डाका जोसे चेपटेगेले नै शुक्रबारको भिडन्तमा स्वर्ण पदक जित्ने अनुमान गरिएको छ ।

महिला १०० मिटरको हिट चरण शुक्रबार हुनेछ । संसारका थुप्रै आकर्षक र नाम चलेका एथलेटिक्स खेलाडी टोकियो पुगेका छन् ।

कोरोना महामारीको असर यस पटकको ओलम्पिकमा प्रस्ट देखिएर छटपटाइरहेको अमेरिकी टोली यसबाट बाहिर निस्कने हो या होइन भन्ने कुराको लक्षण शुक्रबार नै देखिन सक्ने छ ।

त्यसो त शुक्रबार अमेरिकाले कुने पनि स्वर्ण पदक न जित्न पनि सक्ने छ । तथापि शनिबार देखिको साता भने एथलेटिक्सका स्पर्धाका कारण पहिलो सातामा पछि परे पनि दोस्रो सातामा खेलमा फर्कन एउटा अवसर हुनेछ । –एसेन्सीहरूको सहयोगमा

प्रकाशित मिति : १५ श्रावण २०७८, शुक्रबार  ८ : ०१ बजे

पत्रकार महासङ्घको ग्लोबल मिडिया सम्मेलन : टोकियो घोषणापत्र जारी

काठमाडौं- नेपाल पत्रकार महासङ्घको समन्वयमा जापानको टोकियोमा आयोजित ‘एफएनजे ग्लोबल

नेपाल वायुसेवा निगमको सञ्चालन व्यवस्थापनमा सुधार

काठमाडौं– नेपाल वायुसेवा निगमले नयाँ नेतृत्व पाएसँगै संस्थागत सुधार कार्यले

‘महिला शक्ति जागरण अभियान’ शुभारम्भ

काठमाडौं– नेपालमा दाइजो कुप्रथाको पूर्ण अन्त्य, महिला हिंसा न्यूनीकरण र

‘निम्स दाइ’को निधनमा अन्नपूर्णले दियो शोक बिदा

गण्डकी- ‘निम्स दाइ’ को नामले चिनिने विश्वकीर्तिमानी पर्वतारोही निर्मल पुर्जाको

विभाजनको डिलमा कांग्रेस : इतरको राष्ट्रिय भेला तयारीबीच संस्थापनले बोलायो केन्द्रीय कार्यसमिति

काठमाडौं- नेपाली कांग्रेसले साउन २४ गते आइतबार केन्द्रीय कार्यसमिति बैठक