भीमफेदी कारागारका ३५५ कैदीबन्दीलाई कोरोना संक्रमण « Khabarhub

भीमफेदी कारागारका ३५५ कैदीबन्दीलाई कोरोना संक्रमण


१५ श्रावण २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मकवानपुर- मकवानपुरको भीमफेदी गाउँपालिकास्थित भीमफेदी कारागारका ३ सय ५५ जना कैदीबन्दीमा कोरोना पुष्टि भएको छ ।

कारागारमा रहेका ब्लक ‘क’ र ‘ख’ मा ९ सय ७० जना कैदीबन्दीहरुमा गरिएको एन्टिजेन परीक्षणमा ३ सय ५५ जनामा कोरोना पुष्टि भएको हो । जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख प्रणयकुमार उपाध्यायका अनुसार बुधबार र बिहीबार गरिएको परीक्षणमा ३ सय ५५ जना कैदीबन्दीमा कोरोना पुष्टि भएको हो ।

कैदीबन्दीहरुलाई भीमफेदीबाट अर्को कारागारमा पठाउने क्रममा ११ जना कैदीबन्दीमा कोरोना पुष्टि भएको थियो । उक्त जानकारी आएसँगै भीमफेदी कारागारमा रहेका सबै कैदीबन्दीमा कोरोना परीक्षण गरिएको हो । उपाध्यायका अनुसार कोराना पुष्टि भएका संक्रमितहरुमा कुनै पनि किसिमको लक्षण देखिएको छैन ।

पुष्टि भएको संक्रमितहरुलाई कारागारभित्रै निगरानीमा राखिने प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले जानकारी दिए । ‘संक्रमितहरुलाई छुट्टै ब्लकमास्वास्थ्यकर्मीको निगरानीमा राखिएको छ,’ पाण्डेले भने । कैदीबन्दीमा कुनै स्वास्थ्य समस्या नदेखिएको पनि उनले बताए । जिल्लामा पछिल्लो दिनहरुमा कोरोना पुष्टि हुनेको संख्या बढेको छ ।

प्रकाशित मिति : १५ श्रावण २०७८, शुक्रबार  ९ : ११ बजे

ड्रोन आक्रमण बढेको कारण युक्रेनी विश्वविद्यालयद्वारा अनलाइन कक्षा जारी गर्न निर्देशन

कीएभ- रूसले दिनको समयमा पनि आक्रमण गरेको भन्दै युक्रेनको प्रमुख

टी–२० सिरिजमा गण्डकीको विजयी सुरुवात

काठमाडौं– नेपाल भ्रमणमा आएको भुटानको राष्ट्रिय क्रिकेट टिम, गण्डकी प्रादेशिक

असोज ८ देखि हालसम्म विपद्का घटनामा ३५ जनाको मृत्यु

काठमाडौं– अविरल वर्षाका कारण यही असोज ८ गतेदेखि देशका विभिन्न

यूएनएचसीआरमा आर्थिक संकट, ८३ लाख विस्थापित सहायता र संरक्षणबाट वञ्चित हुने जोखिममा

जेनेभा- संयुक्त राष्ट्रसंघीय शरणार्थीसम्बन्धी निकाय (यूएनएचसीआर) ले पर्याप्त बजेट अभावका कारण

सञ्चारमन्त्री तिमिल्सिनाको कोरिया भ्रमण स्थगित

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले गणतन्त्र कोरियाको राजधानी