धनुषामा जिप दुर्घटना हुँदा एकको मृत्यु, पाँचजना घाइते « Khabarhub

धनुषामा जिप दुर्घटना हुँदा एकको मृत्यु, पाँचजना घाइते


१५ श्रावण २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपरधाम– धनुषामा आज बिहान सवारी दुर्घटना भएको छ । लछमिनिया गाउँपालिका ४ सपहीमा स्कारपियो दुर्घटना भएको हो ।

दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने पाँचजना गम्भीर घाइते भएका छन्।

जनकपुर ढल्केबर सडक खण्ड अन्तर्गत सपहीमा राजमार्गमा पुल निर्माण गर्न खनिएको खाल्डोमा खसेर ज-२०-०२-०००१ ख ००३५ नम्बरको स्कारपियो दुर्घटनामा परेको हो । यो सवारी सरकारी नम्बर प्लेटको छ ।

दुर्घटनामा परी महोत्तरीको भंगहा नगरपालिका वडा नं.९ बस्ने दीपक यादवको मृत्यु भएको छ। उनको उपचारको क्रममा प्रादेशिक अस्पताल जनकपुरमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक तिलक सुनारले जानकारी दिए ।

पाँचजना घाइतेको उपचार प्रादेशिक अस्पताल जनकपुरमा भइरहेको छ । घाइतेको नाम खुल्न बाँकी छ ।
रहेको र घटनाको विषयमा थप अनुसन्धान भईरहेको प्रहरी निरीक्षक सुनारले बताए ।

प्रकाशित मिति : १५ श्रावण २०७८, शुक्रबार  ९ : ४० बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै