आधा क्षमतामा होटल खुले | Khabarhub Khabarhub

आधा क्षमतामा होटल खुले


१५ श्रावण २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बागलुङ–पचास प्रतिशत नबढ्ने गरी पाहुना राख्न पाउने गरी यहाँका होटललाई सेवा सञ्चालनको अनुमति दिइएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले जनस्वास्थ्य मापदण्डको पूर्ण पालनासहित आजदेखि आधा क्षमतामा होटल खोल्न दिने निर्णय गरेको हो ।

यसअघि होटल तथा रेष्टुराँलाई साँझ ७ बजेसम्म मात्र ‘टेक अवे’ र ‘होम डेलिभरी’ दिन पाउने प्रावधान तोकिएको थियो । व्यवसायीको मागलाईसमेत दृष्टिगत गरी होटल सञ्चालनको अनुमति दिइएको केन्द्रले जनाएको छ ।

होटल व्यवसायीले प्रमुख जिल्ला अधिकारीसमक्ष खोपको प्रबन्ध र व्यवसाय सञ्चालनमा सहजीकरण गर्न माग गर्दै गत सोमबार ज्ञापनपत्र बुझाएका थिए । होटल व्यवसायी र कर्मचारीले छिट्टै खोप पनि पाउने भएका छन् । बागलुङ होटल तथा रेष्टुराँ व्यवसायी संघका अध्यक्ष निलेश राजभण्डारीले स्वास्थ्य मापदण्ड अपनाएर सेवा दिन होटल तयार रहेको बताए । सेवा क्षेत्रका व्यवसायमा आबद्ध सबैलाई खोपको सुनिश्चिता हुनुपर्ने उनको भनाइ छ ।

कोरोनाको प्रत्यक्ष मारमा परेको होटल क्षेत्रलाई उकास्न राज्यले व्यवसायी लक्षित राहत तथा पुनःस्थापना कार्यक्रम ल्याउनुपर्ने माग गर्दै आएका छन् । जिल्लामा झण्डै २०० होटल तथा रेष्टुराँ छन् । बन्दाबन्दी र निषेधाज्ञाका कारण विगत डेढ वर्षदेखि व्यवसाय थलिएको छ । कतिले रोजगारी गुमाएका छन् ।

रेष्टुराँ सञ्चालनमा भने अझै पनि कडाइ कायमै छ । रेष्टुराँ तथा खाजाघरले साँझ ७ बजेसम्म मात्र ‘टेक अवे’ र ‘होम डेलिभरी’ सेवा दिन पाउँछन् । खुकुला प्रावधानसहित जारी निषेधाज्ञा अर्को सूचना जारी नभएसम्म यथावत् रहने केन्द्रले जनाएको छ ।

सार्वजनिक यातायातदेखि पसल, व्यवसाय सबैलाई समय र सेवाको मापदण्ड तोकेर खुला गरिएको छ । शैक्षिक संस्था, मठ मन्दिरलगायत मानिसको भीडभाड हुने क्षेत्रमा भने प्रतिबन्ध कायमै छ । सहकारी, बैंक तथा वित्तीय संस्थाले पनि पूर्ववत्रुपमा नियमित सेवा दिइरहेका छन् ।

सहकारीले घरदैलो गरेर बचत सङ्कलन गर्ने कार्यमा भने रोक लगाइएको छ । ‘पार्टी प्यालेस’, सौन्दर्य व्यवसाय, शैलुन, जिमखाना, खेलकूदस्थल, सिनेमा घर, तालीम केन्द्र आदि सञ्चालनमा भने रोक लगाइएको छ ।

धार्मिकस्थलमा पनि नित्य पूजा, ध्यान र प्रार्थना मात्र गर्न पाइने जनाइएको छ । अत्यावश्यक काम नपरी घर बाहिर हिँडडुल नगर्न र जानै परेमा स्वास्थ्य सुरक्षाका मापदण्ड अनिवार्यरुपमा अपनाउन जनसाधारणमा आग्रह गरिएको छ ।

कोरोना भाइरस संक्रमण रोक्न जिल्लामा गत वैशाख २१ गतेदेखि निषेधाज्ञा जारी छ । यहाँ कोरोनाका सक्रिय संक्रमित ३४४ छन् भने ६२ जनाले संक्रमणका कारण ज्यान गुमाएका छन् ।

प्रकाशित मिति : १५ श्रावण २०७८, शुक्रबार  २ : ०१ बजे

प्रचण्डले भने- म अब माओवादीको अध्यक्ष रहिनँ, संयोजक भएँ

काठमाडौं– नेकपा माओवादी केन्द्र महाधिवेशन आयोजक समितिका संयोजक पुष्पकमल दाहाल

पूर्वराष्ट्रपतिको निष्कर्ष : जेन-जी आन्दोलनका घटना शंकास्पद्, दलहरू एकजुट हुनु पर्छ

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ पुस्ताको मनोभावना बुझ्दै राष्ट्रिय एकताका

सबै माओवादी नेताको सम्पत्ति सार्वजनिक गर्ने प्रचण्डको घोषणा

काठमाडौं- नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले

माओवादीको केन्द्रीय कमिटी भङ्ग, प्रचण्डकै प्रस्तावअनुसार मंसिरमा विशेष महाधिवेशन

काठमाडौं- नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति भङ्ग गरिएको छ