डिज्नेविरुद्ध स्कारलेटको मुद्धा « Khabarhub

डिज्नेविरुद्ध स्कारलेटको मुद्धा


१५ श्रावण २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लसएञ्जल्स(दैनिक भास्कर)– मार्वल सुपरहिरो फिल्म ‘ब्ल्याक विडो’ अभिनेत्री स्कारलेट जोहानसनले वाल्ट डिज्ने कम्पनीविरुद्ध मुद्धा दर्ता गराएकी छन् । उनले कम्पनीले आफूमाथि गरेको सम्झौता तोडेको आरोप लगाएकी छन् ।

लसएञ्जल्स सुपेरियर कोर्टमा दर्ता गरिएको मुद्दामा ‘ब्ल्याक विडो’को दोहोरो रिलिज रणनीतिले स्कारलेटको क्षतिपूर्तिलाई कम गरेको उल्लेख गरिएको छ । जुन आंशिक रुपले बक्सअफिसको रिपोर्टमा आधारित थियो ।

स्कारलेटलाई फिल्म विशेष रुपमा थिएटरमा रिलिज गर्ने निर्माताले ग्यारेन्टी दिए पनि फिल्म गत जुलाई ९ मा थिएटर र डिज्नीमा एकसाथ रिलिज भएको थियो ।

डिज्नेले कोभिड महामारीको समयमा केही फिल्मका लागि हाइब्रिड पेटर्नको टेस्टिङ गरेको थियो । किनकी कम्पनी आफ्नो स्ट्रीमिङ सेवालाई बढावा दिने प्रयास गरिरहेको थियो । जबकी महामारीका कारण विश्वभरका धेरै थिएटर अझै बन्द छन् ।

जोहानसनका अनुसार उनका प्रतिनिधिले यो मुद्धालाई समाधान गर्नका लागि डिज्नेसँग सम्पर्क गरे पनि डिज्नीले यो विषयमा चासो दिएको छैन । स्कारलेट सन् २०१८ र सन् २०१९ मा फोब्र्स पत्रिकाले बनाएको विश्वको सर्वाधिक पारिश्रमिक लिने अभिनेत्रीको सूचीमा शीर्ष स्थानमा परेकी थिइन् ।

उनको प्री–ट्याक्स आम्दानी जुन २०१८ देखि जुन २०१९ सम्म कुल आम्दानी ५६ मिलियन डलर थियो । जोहानसनले मार्वलको नौं फिल्ममा यो भूमिका निभाएकी हुन् ।

प्रकाशित मिति : १५ श्रावण २०७८, शुक्रबार  २ : ५९ बजे

केपी ओलीलाई रविको चुनौती : पार्टीमा जस्तै संसदीय चुनाव पनि जितेर देखाउनू

काठमाडौं- राष्ट्रिय स्वन्त्र पार्टीका सभापति रवि लामिछानेले नेपाली कांग्रेर र

‘झरीपछिको इन्द्रेणी’को नयाँ गीत ‘जब फर्किन्छ घर’ सार्वजनिक

काठमाडौं – गत शुक्रबारदेखि प्रदर्शनरत फिल्म ‘झरीपछिको इन्द्रेणी’को नयाँ गीत

भोजपुरको पाँचधारेमा बौद्धस्तूप निर्माण

भोजपुर– टेम्केमैयुङ गाउँपालिका-९ पाँचधारेमा पर्यटकीय तथा धार्मिक क्षेत्रको प्रवर्द्धन गर्ने उद्देश्यले

भक्तपुरमा एक महिनामा १४ वटा जघन्य अपराध

भक्तपुर– भक्तपुरमा पछिल्लो एक महिनामा १४ वटा जघन्य अपराधका घटना घटेका

चिसोबाट दमरोगीलाई कसरी बचाउने ?

श्वासप्रश्वास रोग मानिसको मृत्यु गराउने रोगमध्ये विश्वको चौथो प्रमुख रोगमध्ये