राजकुमारको फिल्ममा शाहरुख–काजोल आप्रवासी जोडी « Khabarhub

राजकुमारको फिल्ममा शाहरुख–काजोल आप्रवासी जोडी


१५ श्रावण २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(दैनिक भास्कर)– बलिउड फिल्म ‘कुछ–कुछ होता है’, ‘दिलवाले दुल्हनिया ले जाएंगे’, ‘माइ नेम इज खान’ र ‘दिलवाले’ जस्ता फिल्ममा रोमान्स गरेका अभिनेता शाहरुख खान र अभिनेत्री काजोल बलिउडको रुचाइएको जोडीमा पर्दछन् ।

अब यो जोडी चाँडै नै निर्देशक तथा निर्माता राजकुमार हिरानीको फिल्ममा आफ्नो रोमान्टिक छापलाई पुनः दर्शकमाझ देखाउदैछन् । राजकुमार आप्रवासी सम्बन्धी एक फिल्म बनाउदैछन् । जसमा शाहरुख खान आप्रवासीको प्रमुख भूमिकामा देखिनेछन् । जहाँ काजोल शाहरुखको पत्नीको भूमिकामा हुनेछिन् । फिल्ममा उनीहरुबाहेक अन्य ठूला अनुहार पनि हुनेछन् ।

आई फ्री प्रेस जर्नलका अनुसार हिरानीको नयाँ फिल्म सामाजिक कमेडीमा आधारित हुनेछ । फिल्मले परिवारसँग पञ्जाबबाट क्यानाडा यात्रामा निस्किएको एक आप्रवासीको कथा देखाउनेछ ।

फिल्ममा प्रवासीको भूमिकामा शाहरुख र काजोल हुनेछन् । शाहरुखको आप्रवासी यात्राको रिपोर्ट बनाउने रिपोर्टरको चरित्रमा तापसी पन्नुलाई प्रस्ताव गरिएको छ । फिल्ममा विद्या वालनको पनि उत्तिकै महत्वपूर्ण भूमिका रहनेछ । शाहरुखको यात्रामा विद्याले उनलाई सघाउनेछिन् ।

फिल्मका लागि शाहरुख अनुबन्धित भइसकेका छन् । जबकी अन्य तीन प्रमुख कलाकारको फाइनल हुन बाँकी छ । उनीहरुसँग हाल कुराकानी चरणमा छ । सबै कलाकारको फाइनल भएपछि निर्माण समूहले फिल्मको आधिकारिक घोषणा गर्नेछन् ।

फिल्म राजकुमार हिरानी र शाहरुखको रेड चिल्ली प्रोडक्सनले निर्माण गर्दैछन् । फिल्मको सुटिङ सन् २०२२ को अप्रिलसम्म सुरु हुनेछ ।

प्रकाशित मिति : १५ श्रावण २०७८, शुक्रबार  ३ : ३२ बजे

कांग्रेस र एमालेप्रति रविको आक्रोश : केटाकेटीको रगत पिएकाहरूले ठूलो कुरा नगरे हुन्छ

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सिंगो

पार्टी कार्यालयमा रवि, घण्टी बजाएर गरे सम्बोधन (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेलाई पार्टी केन्द्रीय

केपी ओलीलाई रविको चुनौती : पार्टीमा जस्तै संसदीय चुनाव पनि जितेर देखाउनू

काठमाडौं- राष्ट्रिय स्वन्त्र पार्टीका सभापति रवि लामिछानेले नेपाली कांग्रेर र

‘झरीपछिको इन्द्रेणी’को नयाँ गीत ‘जब फर्किन्छ घर’ सार्वजनिक

काठमाडौं – गत शुक्रबारदेखि प्रदर्शनरत फिल्म ‘झरीपछिको इन्द्रेणी’को नयाँ गीत

भोजपुरको पाँचधारेमा बौद्धस्तूप निर्माण

भोजपुर– टेम्केमैयुङ गाउँपालिका-९ पाँचधारेमा पर्यटकीय तथा धार्मिक क्षेत्रको प्रवर्द्धन गर्ने उद्देश्यले