प्रतिनिधिसभा बैठकमा कसले के भने ? | Khabarhub Khabarhub

प्रतिनिधिसभा बैठकमा कसले के भने ?


१५ श्रावण २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा (एमाले) का उपाध्यक्ष भीमबहादुर रावलले संसदबाट पारित नै नगरि मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसिसी) सम्झौतालााई अघि बढाउन नहुने बताएका छन् ।

शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा रावलले एमसीसीमा उल्लेख भएका कुरा नेपालको संविधानसँग बाझिने खालको भएको भन्दै संसदबाट पारित नै नगरी अघि बढाउन नहुने बताएका हुन् ।

उनले सबै सांसदले एमसीसीको अध्ययन गर्न पाउनुपर्ने धारणा पनि व्यक्त गरे । उनले रावलले एमसीसीको नाममा आफ्नो भूमि कुनै पनि कम्पनीलाई सुम्पिन नसक्ने जिकिर गरे ।

उनले कुनै पनि देशसित कूटनीतिक सम्बन्ध बलियो बनाउनुपर्ने तर सन्धी गर्दा देशको हितमा भए/नभएको ख्याल गर्नुपर्ने धारणा राखे ।

उनले देशको हितलाई शर्तका रुपमा राखेर मुलुकको स्रोतको सदुपयोग गर्नेतर्फ लाग्नुपर्नेमा ध्यानाकर्षण गराए । देशको स्वाधीनता र अस्मितालाई खतरामा पार्न नहुने उल्लेख गर्दै उनले एमसीसी पारित भए बाह्य हस्तक्षेप बढ्ने जिकिर गरे ।

त्यस्तै कांग्रेस सांसद प्रदीप गिरीले एससीसी परियोजनाको प्रस्ताव अमेरिकाबाट आएको बताउँदै त्यस्ता प्रस्ताव अरु छिमेकी देशबाट पनि आउन सक्ने धारणा राखे । नेपालको स्पष्ट विदेश नीति नभएको फाइदा उठाउँदै कुनैपनि देशप्रति उग्र अभिव्यक्ति नदिन उनले आग्रह गरे ।

त्यस्तै गिरीले गठबन्धनमा रहेका सबै दल र नेताले संविधान र व्यवस्था जोगाउन ध्यान दिनुपर्ने धारण राखे ।  त्यस्तै माओवादी केन्द्रका सांसद गिरिराजमणी पोखरेलले वर्तमान गठबन्धनको सरकारलाई आचारसंहिता बनाएर न्यूनतम् साझा कार्यक्रम ल्याउन सुझाव दिए ।

वाम–लोकतान्त्रिक गठबन्धनबाट बनेको सरकारले सहमतिको आधारमा काम गर्नु जरुरी रहेको उनले बताए ।

बैठकमा एमाले सांसद सांसद कृष्णभक्त पोखरेलले राजनीतिक पूर्वाग्रह राखेर भूमिसम्बन्धी समस्या समाधान आयोग विघटन गर्न खोजिएको भन्दै आपत्ति जनाए । एमालेसँग पूर्वाग्रह साधेर जनतालाई संविधानले ग्यारेन्टी गरेको मौलिक हकबाट बञ्चित गर्न नमिल्ने उनको भनाइ छ ।

बैठकमा प्रधानमन्त्रीको तर्फबाट कानून, न्यान तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले नेपााल सरकारको वार्षिक प्रतिवेदन पेश गरेका थिए । प्रतिनिधिसभाको अर्को बैठक साउन १९ गते मंगलबार बस्ने छ ।

प्रकाशित मिति : १५ श्रावण २०७८, शुक्रबार  ४ : ३४ बजे

लुम्बिनी प्रादेशिक अस्पतालमा एमआरआई मेसिन जडान

लुम्बिनी– बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा १२ करोड रुपैयाँ खर्चेर १२८

बिहान सबेरैदेखि राति अबेरसम्म यसरी चल्छ कालिमाटी तरकारी बजार (फोटोफिचर)

काठमाडौं– काठमाडौंको कालिमाटी भन्नेबित्तिकै धेरैको दिमागमा तरकारी बजार आउँछ ।

काभ्रेका पाँच स्थानीय तहमा स्वास्थ्य शिविर

काभ्रे– जिल्लाका पाँच स्थानीय तहमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भएका

फलेवास नगर अस्पताल निर्माण सुरु

पर्वत– ‘एक पालिका एक आधारभूत अस्पताल’ योजनाअन्तर्गत फलेवास नगरपालिकाले १५

‘प्रहरी युनिटसँग प्रहरी अस्पताल’ कार्यक्रम

कर्णाली– सुर्खेतस्थित कर्णाली प्रदेश प्रहरी अस्पतालले ‘प्रहरी युनिटसँग प्रहरी अस्पताल’