क्रियाशील सदस्यता विवाद मिलाउन कांग्रेस शीर्ष नेताहरुको सक्रियता | Khabarhub Khabarhub

क्रियाशील सदस्यता विवाद मिलाउन कांग्रेस शीर्ष नेताहरुको सक्रियता


१५ श्रावण २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसले पार्टीको क्रियाशील सदस्यतामा विवाद मिलाउन नेतृत्व तहलाई जिम्मेवारी सुम्पिएसँगै नेता विवाद समाधानमा जुटेका छन् ।

कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीको बिहीबारको बैठकले क्रियाशील सदस्यता विवरणसहित प्रतिवेदनमा बाँकी रहेका विवाद पाँच दिनभित्र समाधान गर्ने गरी नेतृत्व तहलाई जिम्मेवारी प्रदान गर्ने निर्णय गरेको थियो ।

कांग्रेस क्रियाशील सदस्यता छानविन समितिले बिहीबार बैठकमा परिमार्जनसहितको प्रतिवेदन बुझाए पनि क्रियाशील सदस्यतामा केही विवाद थाती नै छन् । विवाद समाधानका लागि आज बिहानदेखि सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलालगायत नेता छलफलमा जुटेको सभापति देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए ।

नेतृत्व तहले बाँकी विवाद समाधान गरी पार्टीको केन्द्रीय निर्वाचन समितिलाई प्रतिवेदन उपलब्ध गराउने र प्रभावित भएका अधिवेशनको नयाँ कार्यतालिका सार्वजनिक गरिने पार्टी कार्यालयले जनाएको छ ।

कांग्रेसमा १४औँ महाधिवेशनका लागि पार्टीको क्रियाशील सदस्यता सङ्ख्या आठ लाख ५२ हजार ७११ पुगेको छ । बारा र सप्तरी जिल्ला कार्यसमितिको क्रियाशील सदस्यता विवरण ढिला विवरण प्राप्त भएकाले पुरै बाँकी रहेको र पार्टीको समायोजन तथा अन्य पार्टीबाट प्रवेश गरेकालाई दिनुपर्ने सदस्यताका कारण सिन्धुपाल्चोक, रसुवा, काभ्रेपलाञ्चोक, धनुषा, सर्लाही, कैलालीलगायत जिल्लाका केही क्षेत्रको क्रियाशील सदस्यता विवाद टुङ्गिन बाँकी छ ।

कांग्रेसले १४औँ महाधिवेशन आगामी भदौ १६ देखि १९ गतेसम्म काठमाडौँमा गर्ने कार्यतालिका तय गरेको छ । यद्यपी क्रियाशील सदस्यताको काम बाँकी रहेका कारण यही साउन १२ गतेको गाउँ/नगर वडाअधिवेशन प्रभावित भइसकेको छ ।

कांग्रेसले यसअघि गाउँ/नगरवडा अधिवेशन यही साउन १२ गते, गाउँ/नगरपालिका अधिवेशन साउन १६ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन साउन २० गते तोकेको थियो । यसैगरी प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन/एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन साउन २३ गते, एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन साउन २६ गते र प्रदेश अधिवेशन भदौ १ र २ गते निर्धारण गरिएको छ ।

प्रकाशित मिति : १५ श्रावण २०७८, शुक्रबार  ६ : ५९ बजे

विप्लव नेतृत्वको नेकपाले छाड्यो समाजवादी मोर्चा

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले नेकपा माओवादी केन्द्रसहितको समाजवादी

सोनापुर मिनरलले तिर्यो विद्युत महसुलको पहिलो किस्ता : काटिएको लाइन जोडियो

काठमाडौं – दाङको घोराहीमा सञ्चालित सोनापुर मिनरल एण्ड आयाल प्रालिले

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै

काठमाडौं– नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दैछ ।

निमोनियाबाट कसरी बच्ने ?

काठमाडौं – आज विश्व निमोनिया दिवस नेपाललगायत विश्वभर विभिन्न चेतनामूलक

सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेको सार्वजनिक नीति तथा प्रत्यायोजित