प्रधामन्त्री देउवालाई कोरियाली राष्ट्रपतिको बधाई | Khabarhub Khabarhub

प्रधामन्त्री देउवालाई कोरियाली राष्ट्रपतिको बधाई


१५ श्रावण २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा नेपालको प्रधानमन्त्रीमा नियुक्त भएकोमा गणतन्त्र कोरियाका राष्ट्रपति मुन जे इनले हार्दिक बधाई ज्ञापन गर्दै सफल कार्यकालको कामना गरेका छन् ।

परराष्ट्र मन्त्रालयको समेत कार्यभार सम्हालेका प्रधानमन्त्री देउवालाई राष्ट्रपति मुनले पठाएको बधाई सन्देश नेपालका लागि कोरियाका राजदूत पार्क चोङ सुकले आज हस्तान्तरण गरेका हुन् ।

बधाई सन्देशका निम्ति कोरियाली राष्ट्रपतिमा आभार व्यक्त गर्दै प्रधानमन्त्री देउवाले नेपाल र कोरियाबीचको मैत्रीपूर्ण सम्बन्धलाई अझ सुदृढ तुल्याउन राष्ट्रपति मुनसँग सहकार्य गर्न आफू उत्सुक रहेको बताएका छन् । कोरियाका राजदूतसँग द्विपक्षीय सम्बन्ध प्रवर्द्धन गर्ने बारेमा प्रधानमन्त्रीले विचारविमर्श गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

आजै प्रधानमन्त्री देउवासँग नेपालका लागि पाकिस्तानका राजदूत सैयद हैदर शाहले शिष्टाचार भेट गरेका थिए । त्यस अवसरमा उनीहरूबीच पारस्परिक हितका विषयसहित कोभिड–१९विरुद्धको सहयोग एवम् ऐक्यबद्धता, द्विपक्षीय व्यापार, लगानी र पर्यटन प्रवर्द्धनबारे छलफल भएको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : १५ श्रावण २०७८, शुक्रबार  ८ : १७ बजे

प्रचण्डले भने- म अब माओवादीको अध्यक्ष रहिनँ, संयोजक भएँ

काठमाडौं– नेकपा माओवादी केन्द्र महाधिवेशन आयोजक समितिका संयोजक पुष्पकमल दाहाल

पूर्वराष्ट्रपतिको निष्कर्ष : जेन-जी आन्दोलनका घटना शंकास्पद्, दलहरू एकजुट हुनु पर्छ

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ पुस्ताको मनोभावना बुझ्दै राष्ट्रिय एकताका

सबै माओवादी नेताको सम्पत्ति सार्वजनिक गर्ने प्रचण्डको घोषणा

काठमाडौं- नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले

माओवादीको केन्द्रीय कमिटी भङ्ग, प्रचण्डकै प्रस्तावअनुसार मंसिरमा विशेष महाधिवेशन

काठमाडौं- नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति भङ्ग गरिएको छ