कर्णाली नदीमा जीप खस्दा दुई जना बेपत्ता | Khabarhub Khabarhub

कर्णाली नदीमा जीप खस्दा दुई जना बेपत्ता


१५ श्रावण २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली- कैलालीको चुरे पहाडी क्षेत्र मोहन्याल गाउँपालिकाको चिसापानी—सोल्टा सडकको बाँका सडक खण्डबाट आज जीप कर्णाली नदीमा खस्दा दुई जना नदीमा बेपत्ता भएका छन् ।

नम्बर नखुलेको उक्त जीपमा एकै घरमा पाँच जना सवार रहेको जनाइएको छ । जीपमा सवार रहेकामध्ये तीन बालबालिकालाई कर्णाली नदी छेउको रुख बुट्यान भएको झारीमा घाइते अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ ।

जीप दुर्घटनामा परी बेपत्ता हुनेमा डोटीको आदर्श गाउँपालिका—३ बस्ने ४० वर्षीय चालक चन्द्रप्रकाश जोशी र उनकी पत्नी ३० वर्षीया रुबी रहेको बताइएको छ । उनका आठ वर्षीया छोरी लक्ष्मी, दुई वर्षका बालक भुवन र छ वर्षकी छोरी सावित्रीलाई नदी छेउको झारीमा फेला पारिएको छ ।

तीनै जनाको अवस्था गम्भीर रहेको छ । बालबालिकालाई लम्कीस्थित अस्पतालबाट थप उपचारका लागि नेपालगञ्ज सिफारिस गरिएको छ । प्रहरीले बेपत्ता दुई जनाको खोजी कार्य गरिरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रतीक विष्टले बताए ।

उक्त कच्ची सडकमा जीप ‘व्याक’ गर्ने क्रममा झण्डै ३०० मिटर तल कर्णाली नदीमा खसेर दुर्घटना भएको जनाइएको छ । रासस

प्रकाशित मिति : १५ श्रावण २०७८, शुक्रबार  ८ : ३५ बजे

प्रचण्डले भने- म अब माओवादीको अध्यक्ष रहिनँ, संयोजक भएँ

काठमाडौं– नेकपा माओवादी केन्द्र महाधिवेशन आयोजक समितिका संयोजक पुष्पकमल दाहाल

पूर्वराष्ट्रपतिको निष्कर्ष : जेन-जी आन्दोलनका घटना शंकास्पद्, दलहरू एकजुट हुनु पर्छ

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ पुस्ताको मनोभावना बुझ्दै राष्ट्रिय एकताका

सबै माओवादी नेताको सम्पत्ति सार्वजनिक गर्ने प्रचण्डको घोषणा

काठमाडौं- नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले

माओवादीको केन्द्रीय कमिटी भङ्ग, प्रचण्डकै प्रस्तावअनुसार मंसिरमा विशेष महाधिवेशन

काठमाडौं- नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति भङ्ग गरिएको छ