अमेरिकाको लुइजियानामा शक्तिशाली आँधी « Khabarhub

अमेरिकाको लुइजियानामा शक्तिशाली आँधी


१४ भाद्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अमेरिकाको लुइजियानामा ‘आइडा’ नामक शक्तिशाली आँधी आएको छ ।

अचानक आएको समुद्री आँधीले तटीय क्षेत्र डुबाएको छ । आँधीपछि १०औँ हजार मानिसलाई तटीय क्षेत्रबाट उद्धार गरिएको छ । कयौँ अझै पनि उद्धारको पर्खाइमा रहेको जनाइएको छ ।

विद्युत सेवा अवरूद्ध हुँदा सात लाखभन्दा बढी मानिसहरू विद्युत सेवाबाट बञ्चित भएको बीबीसीले जनाएको छ । न्यूअर्लियन्स नजिकै अस्पतालको छाना आँधीले उडाएको छ । आँधीकै कारण मेक्सिकोको खाडीको लगभग ९० प्रतिशत तेल उत्पादनको काम रोकिएको छ।

दुई सय किलोमिटर प्रतिघण्टा वेगको गतिमा अघि बढिरहेको आँधीले  थप विनाश निम्त्याउन सक्ने अमेरिकी राष्ट्रिय मौसम विभागले चेतावनी दिएको छ ।

लुइजियानाका गभर्नर जोन बेल एडवर्ड्सले महामारीका कारण थप क्षमता नभएकाले धेरै बिरामीहरूलाई अस्पतालहरूमा उद्धार नगरिएको जनाएका छन्। यसअघि कट्रिना आँधीले सन् २००५ मा १८ सय जनाको मृत्यु भएको थियो ।

प्रकाशित मिति : १४ भाद्र २०७८, सोमबार  ७ : ३० बजे

इजरायली चुनावमा अक्टोबर ७ मुख्य मुद्दा

एजेन्सी–हमासले सन् २०२३ अक्टोबर ७ मा गरेको आक्रमणपछि पहिलोपटक चुनावको

राष्ट्रपतिसमक्ष दलित आयोगको वार्षिक प्रतिवेदन पेस

काठमाडौँ- राष्ट्रिय दलित आयोगले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन राष्ट्रपति

कांग्रेस महाधिवेशनमा छ पत्रकारको उम्मेदवारी

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा पत्रकारिता पृष्ठभूमिका छ जनाले विभिन्न पदमा

अहिले जित्न नसके १६ औँ महाधिवेशनमा जितेर देखाउँछु : राठौर

काठमाडौं– नेपाली कांग्रेसका नेता किशोर सिंह राठौर निर्वाचन आयोग र सर्वोच्चले

गाजा युद्धसँगै गहिरिँदो इजरायली सुरक्षा संकट

एजेन्सी– गाजामा भएको ठूलो विनाशलाई विश्वका धेरै मानिसले मानवीय त्रासदीका