सत्तारुढ गठबन्धनको बैठक बालुवाटारमा, मन्त्रिपरिषद् विस्तारबारे छलफल « Khabarhub

सत्तारुढ गठबन्धनको बैठक बालुवाटारमा, मन्त्रिपरिषद् विस्तारबारे छलफल


१४ भाद्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सत्तारुढ गठबन्धनबीच मन्त्रिपरिषद् विस्तारबारे छलफल शुरू भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकमा मन्त्रिपरिषदलाई पूर्णता दिने विषयमा छलफल भएको हो ।

तर, दल विभाजनसम्बन्धी अध्यादेशलाई निष्क्रिय नपारी मन्त्रिपरिषद् विस्तार भए मन्त्री हुन नपाएकाहरुले पार्टी फुटाउन सक्ने जोखिम रहेको भन्दै त्यसलाई निष्क्रिय पारेर अघि बढ्ने विषय पनि छलफलमा आएको स्रोतले जनाएको छ ।

आजको बैठकमार्फत मन्त्रालयको भागबन्डा मिलाउने र सकेसम्म आजै नत्र केही दिनभित्रै मन्त्रिपरिषद् विस्तारको तयारी भएको नेताहरुले जनाएका छन् ।

बैठकमा जनता समाजवादी पार्टी जसपाबाट अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई, नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेता, नारायणकाजी श्रेष्ठ, नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल, नेता बेदुराम भुसाललगायत सहभागी छन्।

यसअघि मन्त्रालय बाँडफाँडका विषयमा देउबाले आइतबार प्रचण्ड र नेपालसँग छलफल गरेका थिए ।

प्रकाशित मिति : १४ भाद्र २०७८, सोमबार  १० : ५९ बजे

भारतले खुलायो लिपुलेक हुँदै मानसरोवर यात्रा, आवेदन मे १९ सम्म

नयाँ दिल्ली – भारतको विदेश मन्त्रालयले नेपाली लिपुलेक हुँदै भूमि

वैशाख शुक्ल पूर्णिमा : मनाइयो बुद्ध जयन्ती

काठमाडौं – शान्तिका अग्रदूत भगवान् गौतम बुद्धको दुई हजार ५७०औँ

आईपीएल : दिल्लीलाई राजस्थानले दियो २२६ रनको लक्ष्य

जयपुर – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत अहिले भइरहेको खेलमा

सुकुम्वासीलाई सञ्चालन गरेको शिविरमा दुई सय बढीको उपचार

काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सुकुम्वासी बस्तीका नागरिकका

अमेरिका र स्कटल्यान्डससँग खेल्ने नेपाल ‘ए’ टोली घोषणा

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान)ले अमेरिका र स्कटल्यान्डसँग खेल्ने